काठमाण्डौ । लामो इतिहास बोकेको सुनसरीको दुहबीमा सञ्चालित श्री पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालि १५ दिनका लागि बन्द गरिएको छ।
प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपको इतिहाससँग जोडिएको यो बिस्कुट उद्योगको उत्पादन प्रक्रिया १५ दिनका लागि बन्द गरिएको हो।
बिस्कुट पकाउने ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाइको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको बीएलसी होल्डिङ प्रालिका संस्थागत सञ्चार विभाग प्रमुख सोमनाथ बास्तोलाले एक विज्ञप्तिमार्फत प्रस्ट पारेका छन्।
बास्तोलाद्वारा आज जारी विज्ञप्तिमा सुनसरीको दुहबीमा सञ्चालित ‘श्री पशुपति बिस्कुट इस्डस्ट्रिज प्रालि बन्द’ भन्ने आशयबाट केही सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनसमेत गरिएको छ। ‘समाचारहरुमा उल्लेख गरिएजस्तो पशुपति बिस्कुट उद्योग अनिश्चितकालका लागि बन्द भन्ने विषयमा सत्यता नभएको यसै विज्ञप्तिमार्फत प्रष्ट पार्न चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘समाचारहरुमा उल्लेख भएजस्ता कारणले उद्योग बन्द भएको नभई केही दिनका लागि उत्पादन प्रक्रिया मात्र बन्द गरिएको हो। ओभनहरु जोडिएका मेसिनहरुको मर्मतसम्भार र सरसफाईको उद्देश्यले १५ दिनका लागि उत्पादन रोकिएको प्रस्ट पार्न चाहन्छौँ।’
यसैबीच समाचारहरुमा आफ्नो नाम जोडिएकोमा उद्योगका सञ्चालक बसन्त चौधरीले पनि दुःख प्रकट गरेका छन्। ‘सञ्चारमाध्यमहरुले मसँग कुरा नै नगरी अनावश्यक रुपमा मेरो नाम उद्धृत गरेकोप्रति दुःख प्रकट गर्दछु’, उनले भने।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19