विराटनगर । कार्यालयमा आर्थिक अनुशासन कायम गराउन जिल्ला प्रशासन कार्यालय मोरङमा आज प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ ।
आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ । प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् ।
देशभरमा विभिन्न भन्सार कार्यालयमा १०, मोरङमा चार, झापामा चार, इलाममा एक र सुनसरीमा एक वटा सो काउन्टर रहेको बैंकका प्रदेश प्रमुख लेखराज कार्कीले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले नवस्थापित काउन्टरको उद्घाटन गर्दै यसबाट सरकारी सेवा सरल, सहज, पारदर्शी हुने बताउनुभयो ।
बैंकका प्रदेश प्रमुख कार्कीले काउन्टरबाट सरकारी कार्यालयलाई मात्र नभएर स्थानीय जनतालाई पनि सेवा दिन सकिने बताउनुभयो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago