काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नं. ३ गछियामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।
उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीेले गरेका छन्।
उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी, उद्योग संगठन मोरङका उपाध्यक्ष भोलेश्वर दुलाल, सिभिल बैंकका कायम मुकायम प्रमुख सञ्चालन अधिकृत युवराज गुरागाईं, प्रदेश नं. १ का प्रमुख राजेश ढकाललगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको उपस्थिति थियो।
अब त्यस क्षेत्रका सेवाग्राहीले बैंकको एक्सटेन्सन काउन्टरमार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसँग गर्न सक्नेछन्।
सात लाखभन्दा बढी ग्राहकलाई ११५ शाखामार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यो एक्सटेन्सन काउन्टर सहित १२ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ। यसका साथै बंैकको हालसम्म ९७ एटीएम रहेका छन्।
बैंकले हालसम्म करिब रु. ९२ अर्ब निक्षेप परिचालन गरी रु. ८७ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19