काठमाण्डौ । मोरङ क्षेत्र नम्बर ३ मा पनि बाम गठबन्धन नै अगाडि देखिएको छ । 

यो क्षेत्रमा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य पदका एमाले उम्मेद्वार भानुभक्त ढकालले सुरूवाती अग्रता लिएका छन्। 

प्रारम्भिक मतपरिणाम अनुसार ढकालले ९३२ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्माले ८२७ मतले पछ्याइरहेका छन् । 
पूर्वी नेपालमा यो क्षेत्रले समेत विभिन्न चारण चर्चा बटुलेको थियो । कांग्रेस उम्मेद्वार शर्मा नोवेल अस्पतालका संचालक समेत हुन् ।