विराटनगर । मोरङमा पूर्व सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले सुरुवाती अग्रता लिएका छन्। 

मोरङ क्षेत्र नम्बर ६ मा संयुक्त वाम गठबन्धनका उम्मेद्वार पण्डितले २६२४ मत ल्याएका छन् । उनलाई कांग्रेसका डा. शेखर कोइरालाले २२८६ मतले पछ्याइरहेका छन् । 

मोरङकै क्षेत्र नम्बर २ मा भने नेपाली कांग्रेसले अग्रता लिएको छ। यो पूर्व प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको क्षेत्र हो । यहाँबाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका नेपाली कांग्रेसका डा. मिनेन्द्र रिजालले २३०३ मत ल्याएर सुरुवाती अग्रता लिएका छन् । उनलाई संयुक्त बाम गठबन्धनको तर्फबाट एमाले उम्मेद्वार ऋषिकेश पोखरेल १९५५ मतले पछ्याइरहेका छन् ।