काठमाण्डौ । कोभिड १९ महामारी नियन्त्रण गर्ने सरकारी प्रयत्नलाई सहयोग गर्न  मोबाइल फोन इम्पोटर्स एशोसिएसनले बैशाख ८ गते महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ८,००० थान मास्क हस्तान्तरण गरेको छ । 

सिहंदरबार बग्गीखाना स्थित ट्राफिक प्रहरीको कार्यालयमा आयोजित समारोहमा एशोसिएसनका अध्यक्ष दीपककुमार मल्होत्रा एवम् पदाधिकारीहरुले संयुक्त रुपमा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाललाई सहयोग स्वरुप मास्क हस्तान्तरण गरेका हुन् । 

सो अवसरमा अध्यक्ष मल्होत्राले आफूहरुबाट भएको सानो सहयोगले कोभिड १९ महामारीविरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गर्ने बताए ।