काठमाण्डौ । म्याग्दीमा पनि बाम गठबन्धनका उम्मेद्वारहरु नै अगाडि देखिएका छन् । प्रतिनिधिसभातर्फ एमालेका भूपेन्द्र थापाले १४५१ मत ल्याएका छन् भने कांग्रेसका खेम गर्वुजाले १२१९ मत ल्याएका छन् । 

प्रदेश क तर्फ माओवादी केन्द्रका विनोद केसीले ९०८ मत ल्याउँदा उनलाई कांग्रेसका भीमप्रसाद गौचले ५३८ मतले पछ्याइरहेका छन् । 

यस्तै, प्रदेश ख मा एमालेकी नरदेवी पुनले ७५६ मत ल्याउँदा कांग्रेसका अमलाल पुनले ६५० मतले पछ्याइरहेका छन् ।