काठमाण्डौ । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धनका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन् ।
एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समतामूूलक, न्यायसंगत र सुरक्षित विश्व निर्माणका लागि तयार पारिएको साहासिक एवम् विश्वव्यापी दस्तावेज हो ।
यस सहकार्यअन्र्तगत राष्ट्रसंघ र यति एयरलायन्सले दिगो विकास लक्ष्यसम्बन्धी जनचेतना जगाउनका साथै आवश्यक सरोकारवालाहरुको परिचालन साथै यसको कार्यन्वयनका लागि सम्बन्धित सरोकारवालाहरु संयुक्त रुपमा पहल गर्नेछन् । यस सहकार्यले वातावरण परिवर्तन अनुकुलन, गरिबी न्यूूनिकरण र लैङ्गिक समानता लगायतका क्षेत्रसँग सम्बिन्धत लक्ष्य हासिल गर्ने उड्डयन र पर्यटनको क्षेत्रमा नयाँ र दिगो व्यवसायिक मोडेलको खोजी अवलम्बन एवम् प्रर्वद्धन गर्नेछ ।
नेपाल लगायत राष्ट्रसंघका सदस्य राष्ट्रहरुले सन् २०१५ को सेप्टेम्बरमा अवलम्बन गरिएको दिगो विकास लक्ष्य र एजेण्डा २०३० ले विश्वव्यापी लक्ष्य हासिल गर्नै निजी क्षेत्रलाई एक महत्वपूर्ण साझेदारको रुपमा लिएको छ । दिगो विकास लक्ष्य कार्यन्वयन प्रक्रिया अगाडि बढाउनका लागि साधन स्रोत प्रवृत्ति र नयाँ कार्यका सुरुका लागि निजी क्षेत्रको उल्लेखनीय भूमिका रहेको छ ।
ललितपुरको पुल्चोकस्थित युएन हाउसमा भएको समझदारीपत्रमा युनडीपी नेपालका निर्देशक रेनो मेयर र यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले हस्ताक्षर गरेका थिए।
‘नेपालमा विश्वव्यापी लक्ष्यका लागि यति एयरलायन्सलाई पहिलो निजी क्षेत्रको साझेदारको रुपमा पाँउदा राष्ट्रसंघ खुसी र उत्साहित भएको छ । यसले नेपालको विकासमा निजी क्षेत्रको भूमिका रहेको सन्देश दिएको छ ।’ युनडीपी नेपालका निर्देशक रेनो मेयरले भने ‘दिगो विकास लक्ष्य सरकार र राष्ट्रसंघको मात्र जिम्मेवारी नभई निजी क्षेत्र र नागरिक समाज लगायत सबै नागरिकको जिम्मेवारी हो । यही लक्ष्य हासिल गर्ने सरोकारवालाहरुबीच सबै तहका कार्यक्रमको योजना, कार्यन्वयन र अनुगमनको चरणमा हुने सामूहिक साझेदारीले नै यी लक्ष्य प्राप्तिमा निर्भर रहन्छ ।’
‘हामीले उडान मात्र नगरी सम्भव भएसम्म हरेक समाजको विकासका कार्यमा पनि सक्दो सहयोग गर्नु हाम्रो नियमित अभ्यास र पहलकदमी हो ।’ यति एयरलायन्सका प्रमुख कार्यकारी अधिकृत उमेशचन्द्र राईले भने । –‘जिम्मेवार व्यवसाय गरिरहेको एक कम्पनी भएकाले विश्वव्यापी लक्ष्य हासिल गर्नका लागि राष्ट्रसंघका सँग सहकार्य गर्न पाँउदा हामी खुसी भएका छौं । यस अवसरमा हामी अन्य निजी क्षेत्रलाई समेत राष्ट्रसंघ र नेपाल सरकारसँग हातेमालो गर्दै विश्वव्यापी लक्ष्य हाँसिलमा सघाउन आह्वान एवम् प्रोत्साहन गर्दछौं ।’
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19