काठमाण्डौ । मिठो पिरो चाउचाउका रुपमा नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले फरक स्वादको नयाँ चाउचाउ र चिज बल्स पस्कने भएको छ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यशोदा फुड्सले सो कुराको जानकारी दिएको हो। कार्यक्रममार्फत उद्योगले सुपर प्रिमियम चाउचाउअन्तर्गत करेन्ट चिज एन्ड बटर, करेन्ट मशरुम नुडल्स, करेन्ट इन्स्ट्यान्ट नुडल्स (फेमिली प्याक) र करेन्ट चिज चिकेन पिज्जा नाम र स्वादको चाउचाउ सार्वजनिक गरेको हो। 

सुपर प्रिमियम चाउचाउअन्तर्गत नेपालमै पहिलोपटक करेन्ट चिज एन्ड बटर, करेन्ट मशरुम नुडल्स फेमिली प्याकमा उपलब्ध छ भने यसको प्रतिपिसको मूल्य रु. १२० र तौल १२० ग्राम रहेको समेत उद्योगले जनाएको छ। 

यसका साथै फेमिली प्याकमा रु. २० पर्ने करेन्ट इन्स्ट्यान्ट नुडल्स र पिज्जाको स्वादमा करेन्ट चिज चिकेन पिज्जासमेत सोही कार्यक्रमका बीच सार्वजनिक भएको छ। सोही कार्यक्रमकै माध्यमबाट चिज बल्स पारखीका लागि चिज बल्सअन्तर्गत चिजको स्वादमा रु. ५० पर्ने चिज बल्ससमेत सार्वजनिक गरेको छ। 

विदेशबाट हुने चाउचाउ आयातलाई विस्थापित गरी स्वदेशी उत्पादनलाई बढावा दिँदै करेन्ट अहिले नेपालकै नं १ ब्रान्ड बनिसकेको छ। उपभोक्ताको पहिलो रोजाइमा यशोदा फुड्सका उत्पादन रहेको र सोहीअनुसार नवीनतम स्वादका ब्रान्डहरु पस्किने अवसर प्रदान गरेकोमा समस्त उपभोक्तालाई धन्यवाद ज्ञापन गरिएको थियो। 

नेपालमा मात्र नभई भारत, युरोप, कोरिया, जापान, अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलियालगायत देशमा समेत आफ्ना उत्पादन निर्यात गरी देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याइरहेको उद्योगबाट जारी विज्ञप्तिमा जनाइएको छ।

साना तथा मझौला उद्योगदेखि आफ्नो व्यावसायिक यात्रा सुरु गरेको  यशोदा गु्रपको यात्रा प्याकेजिङ, सोना पोलिमर्स  मसला, चियापत्ती, चाउचाउ, हाउजिङ, होटल, फिल्म, सेवासम्म पुग्दै नेपालकै उच्च व्यावसायिक समूहका रुपमा आपूmलाई स्थापित गर्न सफल भएको, ३५०० भन्दा बढी जनशक्तिका लागि प्रत्यक्ष अप्रत्यक्ष रोजगारीका अवसर प्रदान गरेको उद्योगले जनाएको छ। 

आफ्ना उत्पादनहरुमा उपभोक्ताको सहज पहुँचका लागि कम्पनीले १५० भन्दा बढी डिलरहरुको सञ्जाल विस्तार गरेको, कृषकहरुको आर्थिक आय आर्जनमा मद्दत पुर्याउने उद्देश्य लिएर उद्योगले स्वदेशमै कृषि कार्य गरी रहेका स्थानीय कृषकबाट उत्पादित अकबरे खुर्सानी, गुन्दु्रक, तामा, टिमुर, अदुवा, बेसारलगायतका कृषिजन्य उत्पादनहरु उद्योगका कच्चा पदार्थका रुपमा प्रयोग गरी किसानलाई समेत हौसला प्रदान गर्ने गरेको र कोरोना महामारी जस्तो प्रतिकूल समयका  पनि उद्योगसँग आबद्ध कोही पनि कामदारहरु बेरोजगार हुनु नपरेको समेत उद्योगले जनाएको छ।