 
                     
                                
                             
                                    काठमाण्डौ । नेपालीको महान चाड विजया दशमी, दिपावली तथा छठ पर्वका अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताका लागि ‘खल्तीफुल’ अफर ल्याएको छ। यस अफरअन्तर्गत खल्ती प्रयोगकर्ताले युनियन पेको क्यूआर तोकिएको आउटलेटमा खल्तीमार्फत स्क्यान गरी भुक्तानी गर्दा १०% (अधिकतम रु. ५०० सम्मको) क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्।
प्रयोगकर्ताले निम्न उल्लेखित स्टोरहरुमा क्यास्ब्याक प्राप्त गर्न सक्नेछन्–

यो अफर भदौ ३० देखि कात्तिक १४ सम्म लागू खल्तीले जनाएको छ।
यस अफरका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘नेपालीहरुको महान चाड दसैँ, तिहार र छठप्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानीमार्फत हाम्रा प्रयोगकर्ताको चाडपर्वको सपिङमा खुसियाली यो अफर ल्याएका हौँ।’
आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै डब्ल्यूआईटीएसए ग्लोबल इनोभेसन एन्ड टेक एक्सिलेन्स अवार्ड २०२२ बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिलहरु र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19