काठमाण्डौ । कल्पना गर्नुहोस्, एउटा स्थानको जहाँ विश्वका हरेक कुनाबाट ओपो फ्यान्स एकअर्कासँग कनेक्ट हुँदै सेयर गर्दै अत्याधुनिक नवप्रवर्तन अनुभव गर्दैछन्। विश्व नै विश्वब्यापी महामारीसँग लडिरहेको बेला ओपोले आफ्ना विभिन्न प्राविधिक सफलताहरु प्रदर्शित गर्नका लागि आयोजना गर्ने आफ्नो वार्षिक प्राविधिक समारोह ओपो इन्नो डेको स्वागतार्थ भर्चुअल खेल मैदान इन्नो वर्ल्डको निर्माण गरी ‘भर्चुअस इन्नोभेसन’ (सद्गुण नवाचार) को वाचा पूरा गरेको छ। इन्नो वर्ल्ड रोमाञ्चक प्रविधिद्वारा सुसज्जित रहेको छ। तीमध्ये पनि हेर्न छुट्टाउनै नहुने पाँच शीर्ष प्रविधिका बारेमा यस लेख मार्फत जानकारी प्रदान गर्ने प्रयास गरिएको छ। 

१. व्यक्तिगत इन्नो वर्ल्ड अवतार मार्फत रचनात्मकता

लेडर ज्याकेट, टोर्न जिन्स र लामो कपालका साथमा कतै तपाइँको मनमा पनि रक स्टार बन्ने चाहना लुकेको छ कि ? ओपोको भर्चुअल वर्ल्डमा विभिन्न अवतार स्किन्स र एक्सेसरिजको छनोट गरी यहाँ तपाइँ रक स्टार बन्न सक्नुहुन्छ।

इन्नो वर्ल्डमा मात्र केही क्लिक्समार्फत तपाइँ आफ्नो अवतारलाई नाम दिन सक्नुहुन्छ र तिनको स्टाइल छनोट गरी विभिन्न एक्सेसरिज मार्फत एउटा छुट्टै पहिचान दिन सक्नुहुन्छ।

२. ओपोका नवीनतम अभुतपूर्व आविष्कारहरुको अनुभूति

इन्नो वर्ल्ड वास्तविक संसारझैँ कुनै प्रतिबन्धा सीमित छैन। यसको फाइदा उठाउँदै इन्नो वर्ल्डका वास्तुकारहरुले हरेक बिल्डिङ तथा आकृति त्यसमा निहीत प्रविधि प्रतिबिम्बित गर्ने किसिमले बनाइएका छन्। इन्नो वर्ल्डमा विभिन्न प्रदर्शनी स्थलहरु रहेका छन् तर यहाँ हाम्रा नजरमा उत्कृष्ट लागेका केहीका बारेमा जानकारी प्रस्तुत गर्दैछौँ-  

क्यामेराको प्रतिकात्मकतामा डिजाइन गरिएको इमेजिङ हलमार्फत ओपोले आफ्नो भिजन अनुरुप प्रयोगकर्तालाई तिनका दैनिक जीवनका सुन्दर पक्ष नियाल्न सघाउने आफ्ना शक्तिशाली इमेजिङ प्रविधिहरुका बारेमा जानकारी प्रस्तुत गरेको छ। त्यसैगरी, रेनोभेटर्स शोरुममा आगन्तुकले विश्वभरका यूवा कलाकारका कला सामग्रीको मज्जा लिन सक्छन्। कला र प्रविधि विचको अन्तरसम्बन्ध देखाउने उद्देश्यका साथ यसलाई दिइएको घुमाउरो आकारका कारण बिल्डिङ सहजै पहिचानमा आउँछ। केन्द्रमा रहेको वर्गमार्फत ओपोले आफ्नो प्राविधिक समारोह ओपो इन्नो डे २०२१को लाइभ स्ट्रिमिङ गरेको थियो। इन्नो डेका दौरान के कस्ता अत्याधुनिक नवप्रवर्तनात्मक प्रविधि सार्वजनिक तथा प्रदर्शित हुनेछन् भन्ने ईशारा गर्ने उद्देश्यका साथ मयूरका चम्किला प्वाँखझैँ देखिने हलपनि भर्चुअल मेला स्थलमा देख्न सकिन्छ।

३. नयाँ मित्रहरु भेट्दै कनेक्टेड रहनुहोस्

इन्नो वर्ल्डमा हरेक अवतार अभिव्यक्तिका लागि स्वतन्त्र छन्। वरपरका विभिन्न क्षेत्र नियाल्दै गर्दा तिनले आफूवरपरका जोकोहीसँग च्याट गर्दै कनेक्टेड रहन सक्छन्। आगन्तुकले आफ्ना भनाइ तथा अनुभूति ब्यक्त गर्न सकुन् भन्ने उद्देश्यका साथ इन्नो वर्ल्डमा बुलेटिन बोर्डको ब्यवस्थापनि गरिएका छन्। 

यसका साथै आफ्नो अवतार माथि इमोजीको प्रयोग गरी विश्वलाई तपाइँ कस्तो अनुभूति गर्दै हुनुहुन्छ भन्ने जानकारी पनि दिन सक्नुहुन्छ। 

४. ओपोको भविष्यको एचक्यूसँग सेल्फी लिनुहोस् 

भर्चुअल विश्वसंगको आशा अनुरुप इन्नो वर्ल्डपनि लिपिबद्ध कथाबाट अछुटो छैन। अगान्तुकले घुम्दै गर्दा शेन्चनमा अवस्थित ओपोको भविष्यको मुख्यालयको डिजिटल कपी पनि देख्न सक्नुहुनेछ। आर्किटेक्ट जाहा हडिडद्वारा डिजाइन गरिएको यो चमत्कारिक वास्तुकला आगन्तुकले खोजी गरि भेटाउन् भन्ने उद्देश्यका साथ इन्नो वर्ल्ड भित्र लुकाएर राखिएको छ।

५. ओपोका साथमा भविष्यको पुनः कल्पना गर्नुहोस्

ओपोका हरेक कार्य कम्पनीको ब्रान्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’ मा आधारित हुने गरेको छ। यसैको निरन्तरताअनुरुप ओपोले इन्नो वर्ल्डमार्फत पारम्परिक अनलाइन लन्चका कार्यक्रमभन्दा पृथक अनलाइन र अफलाइन दुवैको सर्वोत्कृष्ट पाटो समेटेर अभुतपूर्व स्पेसको सिर्जना गर्दै थप फिचरका साथ प्रस्तुत गरेको छ। इन्नो वर्ल्ड विश्वभरका मानिसलाई भेला गरी नवप्रवर्तनका साथमा ओपोसँगै भविष्यको पुनः परिकल्पना गर्न सिर्जित एक स्थान हो। 

ओपोको आन्तरिक प्रविधिको प्रदर्शनीकै उपजका रुपमा विकसित ओपो इन्नो डेको यो सार्वजनिक कार्यक्रमका रुपमा तेस्रो बर्ष हो। यसका साथै यो अहिले कम्पनीका नविनतम प्राविधिक उपलब्धिहरु प्रदर्शित गर्ने एक विशिष्ट समारोहका रुपमा विकसित भइसकेको छ। भविष्यमा पनि ओपोले आफ्ना फ्यान्ससंग अझ अन्तर्क्रियात्मक कार्यक्रमका रुपमा इन्नो डेका नयाँ संस्करणलाई थप विकसित गर्दै सबैका लागि प्राविधिक पर्वका रुपमा प्रस्तुत गर्दै लैजाने कार्यलाई निरन्तरता दिनेछ।