काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना लाखौँ ग्राहकमाझ सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको छ। 

आमजनमानसको बैंकिङ आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी तथा बजारको सूक्ष्म अध्ययन तथा विश्लेषण गरी बैंकले विभिन्न निक्षेप योजनाहरु ल्याएको छ। त्यस्ता योजनाहरु ग्राहकमैत्री, प्रभावकारी तथा बैंकिङ क्षेत्रकै सर्वाधिक फाइदाहरुले भरिपूर्ण हुने सुनिश्चित गर्नु नै बैंकको रणनीति रहेको छ। 

बैंकले हाल बचतका ७५ वटा खाता सञ्चालन गरेको छ। जसमा २३ वटा सर्वश्रेष्ठ, ३२ वटा न्यु सुपर, १६ वटा चमत्कारिक, एक/एकवटा लाइफ सेभिङ, सामाजिक सुरक्षा, सोसल सेक्युरिटी रिलिफ, समृद्ध नेपाल सुखी नेपाली र सुपर चमत्कारिक वैदेशिक रोजगार बचत खाता छन्। 

यी खातामा बैंकले न्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतममा ९.०३ प्रतिशतसम्म ब्याज ग्राहकलाई उपलब्ध गराइरहेको छ। 

विशेषगरी बैंकले तलबी, स्थानीय, रेमिट्यान्स, विभिन्न सर्वश्रेष्ठ, नारी र ज्येष्ठ नागरिक खातामा आकर्षक ब्याज प्रदान गरेको छ। 

चमत्कारिक तलबी बचत खाता, न्यु सुपर चमत्कारिक तलबी खाता, न्यु प्रिमियम सुपर चमत्कारिक खाता (प्राइम) र न्यु प्रिमियम सुपर चमत्कारिक खाता (नर्मल) मा ६.०३ प्रतिशत तथा सर्वश्रेष्ठ तलब बचत खातामा ८.०३ प्रतिशत ब्याज बैंकले प्रदान गर्दै आएको छ। 

यसैगरी सर्वश्रेष्ठ स्थानीय बचत खाता (एम्बेसेडर, प्राइड र पार्टनर)मा  ८.०३ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको छ। 

सर्वश्रेष्ठ रेमिट्यान्स बचत खाता (एम्बेसेडर, प्राइड र पार्टनर)मा बैंकले ९.०३ प्रतिशत ब्याज निर्धारण गरेको छ। 

बैंकले चमत्कारिक नारी बचत खाता (सिल्भर, गोल्ड र डाइमन्ड), न्यु सुपर चमत्कारिक नारी बचत खाता (सिल्भर, गोल्ड र डाइमन्ड), न्यु प्रिमियम चमत्कारिक नारी बचत खाता (सिल्भर, गोल्ड र डाइमन्ड) मा ६.०३ प्रतिशत तथा सर्वश्रेष्ठ नारी बचत खाता (एम्बेसेडर, प्राइड र पर्टनर) ८.०३ प्रतिशत ब्याज दिँदै आएको छ। 

बैंकले चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता (सिल्भर, गोल्ड र डाइमन्ड), न्यु सुपर चमत्कारिक ज्येष्ठ नागरिक बचत खाता (सिल्भर, गोल्ड र डाइमन्ड), न्यु प्रिमियम चमत्कारिक ज्येष्ठ बचत खाता (सिल्भर, गोल्ड र डाइमन्ड) मा ६.०३ प्रतिशत तथा सर्वश्रेष्ठ ज्येष्ठ नागरिक बचत खाता (एम्बेसेडर, प्राइड र पर्टनर) ८.०३ प्रतिशत ब्याज दिँदै आएको छ। 

यसैगरी बैंकले मुद्दति खातातर्फ ११ वटा सर्वश्रेष्ठ खाताहरु सञ्चालन गरेको छ। जसमा रेमिट्यान्सतर्फका ४ वटा खाताहरुमा १२.०३ प्रतिशत र अन्य बाँकी ७ वटा खातामा ११.०३ प्रतिशत ब्याज उपलब्ध गराएको छ। 

बैंकले यसअघि लिएर आएको सर्वश्रेष्ठ बचत खाताहरुमा पाइने फाइदाहरुलाई व्यापक रुपमा थप वृद्धि गर्दै १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिका लागि प्रदान गर्दै बचत खातामै रु। ८४ लाखसम्मको सर्वश्रेष्ठ बीमा फाइदा प्रदान गर्ने व्यवस्था गरेको छ। 

यसका साथै सर्वश्रेष्ठ बचत खाता खोल्ने ग्राहकले ३ कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाअन्तर्गत कर्जामा सहुलियत ब्याजदर, प्रशासनिक शुल्कमा विशेष छुट र पूर्वस्वीकृत कर्जा सुविधासमेत प्राप्त गर्न सक्नेछन्। बीमा तथा कर्जासम्बन्धी सर्वश्रेष्ठ फाइदाहरुका साथसाथै यस बैंकले सर्वश्रेष्ठ बचत खातामा प्रदान गर्दै आएको १८ अन्य सर्वश्रेष्ठ फाइदाहरुलाई ५ वर्षको अवधिसम्म उपलब्ध गराएको छ।

उपरोक्तानुसारका सबै थप सुविधा–फाइदाहरु यसअघि सर्वश्रेष्ठ खाताहरु खोलिसकेका ग्राहकले समेत कुनै अतिरिक्त शुल्क बिना स्वतः पाउन सक्ने छन्। 

यसैगरी बैंकले मुद्दति खातातर्फ ३ महिनामाथि १० वर्षसम्मका योजनाहरुमा व्यक्तिगततर्फ ११.०३ प्रतिशत र संस्थागततर्फ नयाँलाई १०.०३ र नवीकरणमा १०.१३ ब्याज दिइरहेको छ। 

निक्षेपतर्फ विभिन्न विदेशी मुद्रा खातामा २ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज निर्धारण गरेको छ। 

यसैगरी एनआएन बचत न्यूनतम ५ हजार अमेरिकी डलरबराबरको न्यूनतम ब्यालेन्समा ४ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज बैंकले दिइरहेको छ। 

विदेशी मुद्राको मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ५ देखि ६ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ देखि ६ प्रतिशत ब्याज बैंकले उपलब्ध गराइरहेको छ। 

यसैगरी एनआरएनतर्फका विभिन्न मुद्दति खातामा बैंकले ५ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज दिइने जनाएको छ।  

आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। 

उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रु. २ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैटौँ ठूलो योगदान रहेको छ। 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरेको छ।

यस्ता छन् एनआईसी एशियाका बचत तथा मुद्दति निक्षेपका योजनाहरु र ब्याजदर –