काठमाण्डौ । स्थानीय निर्वाचनको मतगणनाको क्रममा धेरैको ध्यान देशका चार महानगरहरुमा छ । यी चार महानगरमध्ये काठमाण्डौ र ललितपुरमा कांग्रेसले अग्रता लिएको छ भने २ महानगरमा एमाले अग्रता कायमै छ ।
काठमाण्डौ महानगरपालिकामा कांग्रेसका मेयर पदका उम्मेद्वार राजुराज जोशीले ३४७ मत प्राप्त गरेका छन् भने एमालेका विद्यासुन्दर शाक्यले ३२४ मत प्राप्त गरेका छन् । चौथो स्थानमा रहेकी विवेकशीलकी रञ्जु दर्शना तेश्रो स्थानमा उक्लिएकी छिन् । उनले २ सय १३ मत प्राप्त गरेकी छिन् । साझा पार्टीका किशोर थापाले १ सय ९१ मत प्राप्त गरी चौथो स्थानमा धकेलिएका छन् ।
यस्तै, ललितपुर महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेद्वार हरिकृष्ण व्यञ्जनकारले २९४० मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका चिरिबाबु महर्जनले ३००२ मत प्राप्त गरेका छन् । निकै लामो समयसम्म पछाडि परेका महर्जनले अग्रता लिएका हुन् ।
भरतपुर महानगरपालिकामा एमालेका देवी ज्ञवाली १०७८ मत प्राप्त गरेका छन् भने रेणुु दाहालले ७७४ मत प्राप्त गरेकी छिन् ।
पोखरा लेखनाथ महानगरपालिकामा पनि एमाले उम्मेद्वारकै अग्रता छ । एमाले उम्मेद्वार मानबहादुर जिसीले १८८९ मत प्राप्त गरी अग्रता कायम राखेका छन् । कांग्रेसका रामजी कुँवरले १७८८ मत प्राप्त गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19