काठमाण्डौ । चार महानगरपालिकाको पछिल्लो मत परिणाम प्राप्त भएको छ । जस अनुसार ललितपुरबाहेकका तीनवटै महानगरमा एमालेको अग्रता कायमै छ ।
सबैभन्दा पुरानो महानगर काठमाण्डौमा एमालेले फराकिलो मत अन्तरले अग्रता लिएको छ भने भरतपुरमा समेत उस्तै अवस्था छ ।
काठमाण्डौमा एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले ४३१७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी कांग्रेसका राजुराज जोशीले २४७२ मत प्राप्त गरेका छन् । विवेकशीलकी रञ्जु दर्शना १८७७ मतसहित तेश्रो स्थानमा छिन् ।
काठमाण्डौपछि चर्चाको शिखरमा रहेको भरतपुर महानगरपालिकामा समेत एमालेका देवी ज्ञवालीले अग्रता कायम राखेका छन् । हालसम्म उनले ६७३५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिदन्दी रेणु दाहालले ४९८७ मत प्राप्त गरेकी छिन् । यो स्थानमा राप्रपाका वद्री तिम्सिना ५७७ मतसहित तेश्रो स्थानमा छन् ।
सबैभन्दा ठूलो महानगर पोखरा लेखनाथमा पनि एमाले अग्रता कायम छ । एमाले उम्मेद्वार मानबहादुर जिसीले ९३१७ मत प्राप्त गरेका छन् । उनलाई कांग्रेसका रामजी कुँवरले ८९३१ मतले पछ्याइरहेका छन् ।
ललितपुर महानगरमा चाहि कांग्रेस उम्मेद्वारको अग्रता छ । कांग्रेसका चिरिबाबुु महर्जनले ९४३२ मतसहित अग्रता लिइरहेका छन् । एमालेका हरिकृष्ण व्यञ्जनकारले ९२७८ मतसहित पछ्याइरहेका छन् । यो ठाउँमा तेश्रो स्थानमा साझा पार्टीका रमेश महर्जन छन् । उनले ४२८१ मत प्राप्त गरेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19