काठमाण्डौ । चार ठूला महानगरतर्फ मानिसहरुको बढी ध्यान केन्द्रीत हुँदा उपत्यकाभित्रकै भक्तपुरका स्थानीय निकायहरु भने केही छायाँमा परेका छन् ।
भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये तीनवटामा नेपाली कांग्रेस, एमाले र नेपाल मजदूर किसान पार्टीले एउटा एउटा स्थानमा अग्रता लिइरहेका छन् ।
बाँकी एउटा नगरपालिका(चाँगुनारायण नगरपालिका)मा भने नवलपरासीको मतपत्र भेटिएपछि मतदान कार्य नै स्थगित छ । यो क्षेत्रमा पुनः मतदान हुनेछ ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा कांग्रेसका अष्ट कवे ८७७ मतका साथ अग्रस्थानमा छन् । एमालेका मदनसुन्दर श्रेष्ठले ७०६ मतसहित उनलाई पछ्याइरहेका छन् । यो स्थानमा तेस्रो स्थानमा माओवादी छ, जसको हालसम्मको मत ३२ मात्र छ । यो क्षेत्रमा उपमेयरमा कांग्रेसले ८१२, एमालेले ४८५ र माओवादी केन्द्रले ४८ मत ल्याएको छ।
उता, सूूर्यविनायक नगरपालिकाको मेयरमा चाहि एमालेका वासुदेव थापाले १२२७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई नेपाली कांग्रेसका विष्णु कार्कीले ९४६ मत ल्याई पछ्याइरहेका छन् । यो क्षेत्रमा राप्रपाले ३३६ मत ल्याएर तेश्रो स्थान बनाएको छ । यो नगरपालिकाको उपमेयरमा एमालेको १३१४, कांग्रेस ७७८ र राप्रपाको ४४१ मत छ।
पूरा जिल्लामा बर्चश्व रहेको भनिएको नेपाल मजदूर किसान पार्टीले भने भक्तपुर नगरपालिकामा मात्र अग्रता लिइरहेको छ । यहाँ नेपाल मजदुर किसान पार्टीका सुनील प्रजापति १५९७ मतसहित अग्रस्थानमा छन्। उनलाई कांग्रेसका रामप्रसाद कासुलाले ५२४ मतसहित पछ्याइहेका छन्। यो क्षेत्रमा तेस्रो स्थानमा एमालेका विष्णु सुवाल छन्, जसको हालसम्म ४४० मत छ । यहाँ उपमेयरमा नेमकिपाकै रजनी जोशीको अग्रता छ। उनले १५९२ मत ल्याएकी छन् भने कांग्रेसकी गंगालक्ष्मीको ५०३ मत र एमालेकी कृष्णमाया त्वायनाबासुको ४६३ मत छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19