काठमाण्डौ । देशकै पुरानो काठमाण्डौ महानगरपालिकाको हालसम्म ७७ हजार ६ सय ३२ मत गणना गरिसकिएको छ । हालसम्म एमालेले यहाँ फराकिलो अन्तरले अग्रता लिइरहेको छ । 

एमाले उम्मेद्वार विद्यासुन्दर शाक्यले हालसम्म २५ हजार १ सय ५२ मत ल्याएका छन् । उनलाई कांग्रेसका राजुुराज जोशीले १७ हजार ७ सय १० मतले पछ्याइरहेका छन् । 

१० हजार १ सय ४७ मतसहित विवेकशीलकी रञ्जुु दर्शना तेश्रो स्थानमा छिन् । ७ हजार ६ सय ७१ मतसहित साझा पार्टीका किशोर थापा चौथो स्थानमा छन् । 

उता, उपमेयर पदमा कांग्रेस उम्मेद्वारले एमाले राप्रपाका संयुक्त उम्मेद्वारलाई करिब १० हजारले पछाडि छाडेकी छिन् । कांग्रेसकी हरिप्रभा खड्गीले २३ हजार १ सय ७२ मत ल्याएकी छिन् भने राप्रपाका राजाराम श्रेष्ठले १३ हजार ९ सय १८ मत प्राप्त गरेका छन् ।