काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन एनिभर्सरी अफर लिएर आएको छ।

यस योजनाअन्तर्गत सेलपेका ग्राहकले सेलपेबाट फोनपेका जुनसुकै मर्चेन्टमा पहिलो भुक्तानी गर्दा १०% क्यासब्याक (रु.१००) सम्म र बम्पर उपहारमा ७ जना लक्की विजेताले सामसुङ ग्यालेक्सी एफ२२ जित्ने मौका पाउनेछन्। यो योजना यही आज साउन १० गतेदेखि साउन १६ गतेसम्म लागू हुनेछ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेका छन्–

– वास्तविक समयमा भुक्तानी 

– सरल र सुरक्षित

– बैंक खाताका साथै वाटेलबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महशुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानीहरु, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५ लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ। यसका साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी बसी विभिन्न सामानहरु खरिद गर्न सक्नेछन्। 

यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन्। यसका साथै ग्राहकले सेलपेबाट फन्ड ट्रान्सफर गर्दा कुनै पनि शुल्क लाग्ने छैन।  

सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ।