काठमाण्डौ ।एमएडब्लू इन्टरप्राइजेजले बहुप्रतीक्षित रे जेडआर १२५ एफआई  स्ट्रिट र्‍याली हाइब्रिड सार्वजनिक गरेको छ।

मेट कपर र स्पार्कल ग्रीन रङमा उपलब्ध रे जेड आर स्ट्रिट र्‍याली १२५ एफआई हाइब्रिड मोटरसाइकल(स्कूटर इभोलुसन)को अवधारणासँग मेल खान्छ। यसको बडीमा थपिएको स्टाइलिश मेटल प्लेट, ब्रश गार्ड र फराकिलो ब्लक प्याटर्न टायरले यसलाई अझै भव्य बनाउँछ। 
रे जेड आर १२५ स्ट्रिट र्‍याली एफआई हाइब्रिड बलियो एयर कूल्ड, फ्युल इन्जेक्टेड (एफाई) १२५ सीसी ब्लू कोर इन्जिनद्वारा सञ्चालित छ जसले दक्षता र रोमाञ्चक सवारीको लागि नयाँ मानक स्थापना गर्दछ। यस स्कूटरलाई यसको ग्राउन्ड ब्रेकिंग ‘स्वचालित स्टप र स्टार्ट प्रणाली’ ले अरुभन्दा फरक बनाउँछ। यसले इन्धनको उत्सर्जन घटाउने र त्यसको दक्षतालाई बढाउने बताइएको छ। 
 
नयाँपनमा स्मार्ट मोटर जेनेरेटर(एसएमजी) पनि थपिएको छ जसले  एक बेग्लै पारम्परिक इलेक्ट्रिक स्टार्टर बिनानै इन्जिन सुरु गर्न सक्छ। यसमा उत्कृष्ट एलईडी हेडलाइट, प्रभावशाली एलईडी पोजिसन लाइटहरू र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश छन्।

स्पोर्टी डिजाइनमा समावेश ब्रश गार्ड आकर्षणका लागि मात्र नभई यसले राइडरलाई आउँदै गरेको वायुप्रवाहबाट सुरक्षित राख्दै एथलेटिसिज्मको स्पर्श समेत थप्ने बताइएको छ।

कडा मेटल प्लेट र फराकिलो ब्लक ढाँचाका टायरहरूद्वारा परिष्कृत यसको हल्का वजनले असाधारण पिकअप, उत्कृष्ट ह्यान्डलिंग र सुधारिएको माइलेज सुनिश्चित गर्ने कम्पनीले बताएको छ।

स्कूटरमा त्रुटिरहित सवारी नियन्त्रण, सुरक्षा र आरामको लागि टेलिस्कोपिक सस्पेन्सन र युबिएसजडित फ्रन्ट डिस्क ब्रेक पनि रहेका छन्।

२१ लिटर क्षमताको अण्डर सीट स्पेस, मल्टी फंक्सन स्विच, दुई-स्तरको सिट र पास स्विचको साथमा यसले स्टायल, आराम र कार्यक्षमताका लागि डिजाइन गरिएको पूर्ण सवारीको प्याकेज प्रदान गर्ने पनि कम्पनीले बताएको छ ।