काठमाण्डौ । दुईपांग्रे सवारीसाधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपांग्रे सवारीसाधनप्रेमीहरुका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ। 

यामाहा ट्याक्स रिल्याक्सअन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन्। दुईपांग्रे सवारीसाधनको प्रारम्भिक खरिदमा लागतमात्रै समावेश नभई अन्य खर्च पनि लाग्ने कुरा यामाहा जान्दछ। सडक करजस्ता अतिरिक्त खर्चले प्रायः सवारहरुलाई बोझ पार्न सक्छ र उनीहरुको समग्र आनन्द र मनको शान्तिलाई असर गर्छ। यामाहा ट्याक्स रिल्याक्सले ग्राहकका ती चिन्तालाई हटाउन सक्छ किनकि यामाहाले स्वामित्वको पहिलो दुई वर्षका लागि करहरुको जिम्मा लिनेछ।

यामाहा नेपालका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने, ‘यामाहामा सवारी गर्नु भनेको अनावश्यक आर्थिक तनावबाट मुक्त भई रमाइलो अनुभव गर्नु हो भन्नेमा हामी विश्वास गर्छौं। यामाहा ट्याक्स रिल्याक्सका कारण हाम्रा ग्राहकले उनीहरुको सडक कर खर्चको ख्याल राखिएको छ भनी जान्दै आनन्दका साथ यात्रा गर्न सक्नेछन्। यो प्रवर्द्धनले उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धता देखाउँछ।’

यामाहाले योबाहेक विभिन्न आकर्षक अफर उपलब्ध गराइरहेको छ। शून्य प्रतिशत ब्याजदर देखि आफूलाई उपयुक्त लाग्ने निश्चित दरको डाउन पेमेन्ट गरेर यामाहाका मोटरसाइकल वा स्कुटर लिन सकिन्छ। यसका लागि विशेष फाइनान्स सुविधासमेत उपलब्ध भइरहेको छ। 

कुनै पनि यामाहा शोरुममार्फत यो अफर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।