काठमाण्डौ । नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ कारोबारहरु आउँदो शुक्रबार (असार ४ गते) दिउँसो ४ बजेदेखि सोमबार (असार ७ गते) बिहान ९ बजेसम्म पूर्ण रुपमा बन्द रहने भएको छ।
कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्नुपर्ने भएकोले यो अवधिमा बैंकको सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, एटीएम कार्ड (क्रेडिट/प्रिपेड कार्डबाहेक), रेमिट्यान्सलगायतका सेवा एवं सम्पूर्ण बैंकिङ कारोबार पूर्ण रुपमा बन्द रहने बैंकले सूचना जारी गर्दै जानकारी गराएको हो। बैंकिङ कारोबारहरु बन्द रहने मितिमा आइपर्ने सक्ने अत्यावश्यक कारोबारहरुका लागि सम्बन्धित शाखा कार्यालयमा अग्रिम रुपमा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ।
यसबाट ग्राहकलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago