corruption
-विष्णु नेपाल
काठमाण्डौ । जनताले तिरेको कर सञ्चित हुने राज्यकोषबाट पहुँचका आधारमा सेवा सुविधा लिने प्रवृत्ति मौलाउँदै गएको छ ।
अहिले आठ पूर्व प्रधानमन्त्री, नौ पूर्व उपप्रधानमन्त्री, ११ प्रधान न्यायाधीश, १७ पूर्व गृहमन्त्रीले पहुँचका आधारमा राज्य कोषबाट सेवा सुविधा दोहन गरिरहेका छन् ।
यसैगरी, निजामती, जङ्गी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न दर्जाका पूर्व पदाधिकारीहरु कतिले कस्तो किसिमको सुविधा लिइरहेका छन् भन्ने गणना नै छैन ।
व्यवस्थापिका–संसद्, सुशासन तथा अनुगमन समितिअन्तर्गत गठित पूर्व पदाधिकारीहरुको सेवा सुविधा सम्बन्धमा अध्ययन, सिफारिस तथा सोको कार्यान्वयन तथा अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदनले ती विषयलाई औंल्याएको छ।
प्रतिवेदनले एक उच्च पदस्थ पूर्व विशिष्ट पदाधिकारीले वार्षिक करिब रु ४० लाख बराबरको सुरक्षा र सेवा सुविधा उपभोग गरिरहेको औंल्याएको छ । उसो त एउटा पूर्व गृहमन्त्रीले अधिकतम सुविधा सुरक्षालगायतलाई गणना गर्दा वार्षिक करिब रु ३६ लाखसम्म पुग्ने देखिएको छ ।
कति पूर्व पदाधिकारीले कति र कस्तो किसिमको सेवा सुविधा राज्य कोषबाट पाइरहेका छन् ? यो प्रश्नको जवाफ कुनै सरकारी निकायसँग छैन । प्रतिवेदन भन्छ–‘राज्य उदार भएर पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्दै जाने हो भने निरपेक्ष गरिबीको रेखामुनि रहेका एक चौथाइ जनसंख्याले तिरेको राजस्वमाथि राज्यले न्याय गरेको ठहरिँदैन ।’
प्रतिवेदनले विधिवत् रुपमा पूर्व पदाधिकारीको परिभाषा नै नरहेको औंल्याएको छ । प्रतिवेदन अनुसार पूर्व पदाधिकारीले व्यक्तिगत सुरक्षाका नाममा नेपाल प्रहरीबाट अधिकतम २३ र सशस्त्र प्रहरीबाट अधिकतम ४१ जनासम्म सुरक्षाकर्मी लिएको देखिन्छ ।
प्रतिवेदनले तदर्थवाद र प्रभावकै आधारमा सुरक्षा प्रदान गरिएको अहिलेको सन्दर्भ भन्दा फरक किसिमले छुट्टै स्थायी संयन्त्र खडा गरी सुरक्षा मूल्यांकन, सुरक्षाको प्रकार र सुरक्षाको अवधि तोक्न, निजामती कर्मचारीलाई सुरक्षा चुनौतीको अवस्थामा मात्र सुरक्षा उपलब्ध गराउन, पूर्व मन्त्रीलाई पूर्व मन्त्री भएकै कारण सुरक्षालगायतका सेवा सुविधा दिने क्रम बन्द गर्न सुझावसमेत दिएको छ ।
गृह मन्त्रालयबाट पूर्व विशिष्ट पदाधिकारीहरुलाई प्रदान गरिने सेवा सुविधा तथा सुरक्षासम्बन्धी बनेको विधेयकको मस्यौदालाई यथास्थितिमा सदनसमक्ष प्रस्तुत नगर्न, पूर्व प्रधानमन्त्रीहरुलाई दिइने सुरक्षा र सुविधामा पुनरवलोकन गर्नसमेत प्रतिवेदनले सुझाव दिएको छ ।
यसैबीच, सो प्रतिवेदनलाई आज उपसमितिले मूल समितिसमक्ष प्रस्तुत ग¥यो । उपसमितिका संयोजक जनकराज जोशीले प्रतिवेदनमा रहेका बूँदाका बारेमा बैठकमा जानकारी दिएका थिए।
समितिका सभापति मोहनसिंह राठौरको अध्यक्षतामा बसेको सो बैठकमा समितिका सदस्यहरु अर्जुननरसिंह केसी, सुशीला नेपाल, अम्बिका खवास, अमरबहादुर थापा, नरसिंह चौधरी, हर्कबोल राई, गौरीशंकर चौधरीलगायतले प्रतिवेदनलाई कार्यान्वयन गर्न सरकारलाई निर्देश गर्न सुझाव दिनुभएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago