काठमाण्डौ । सबैले चासोका साथ हेरिरहेको पूर्वका एक महानगर र २ उपममहानगरपालिकामा एमालेले मेयर र उपमेयरको उम्मेद्वार टुंगो लगाएको छ । 

विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकामा एमालेले मुख्य उम्मेद्वार टुुंगो लगाएको हो । 

जस अनुसार विराटनगर महानगरपालिकाको मेयर पदमा पार्टीका पूर्व जिल्ला अध्यक्ष विनोद ढकाललाई उठाउने निर्णय गरेको छ । ढकाल ओली निकटका नेता हुन् । विराटनगरमा उपमेयरको उम्मेद्वार भने घोषणा गरिएको छैन । 

यस्तै, पूर्वाञ्चलको केन्द्र मानिने इटहरी उपमहानगरपालिकामा एमालेले पार्टीका सुनसरी जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीलाई मेयरमा उठाउने निर्णय गरेको छ । पार्टी सचिव योगेश भट्टराईका अनुसार इटहरीमा उपमेयरमा नेतृ लक्ष्मी गौतमले टिकट पाएकी छिन् । 

पुरानो शहर धरानमा पनि एमालेले उम्मेद्वार टुंग्याएको छ । मेयरमा तारा सुुब्बा र उपमेयरमा मञ्जुु भण्डारीलाई उम्मेद्वार बनाइएको छ ।