काठमाण्डौ । प्रतिनिधिसभा तथा प्रदेशसभाको नतिजा आउने क्रम जारी छ । यस अन्तर्गत कतिपय उम्मेद्वारले झिनो मतको अन्तरले जित हासिल गरेका छन् भने कतिपयले निकै फराकिलो मतअन्तरले शानदार जित निकालेका छन् । 

हालसम्म सार्वजनिक अन्तिम परिणाम अन्तर्गत सबैभन्दा धेरै मतको अन्तरले जित निकाल्ने विजयी उम्मेद्वारको सूचिमा दोलखा जिलाबाट प्रतिनिधिसभा सदस्यमा बाम गठबन्धनको तर्फबाट एमालेका उम्मेद्वार पार्वत गुरुङले गज्जबको रेकर्ड बनाएका छन् । 

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ३० हजार बढी मत अन्तरले शानदार जित हासिल गरेका हुन् । उनले कुल ५५ हजार ९ सय ५४ मत प्राप्त गरे । 

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रुद्रबहादुर खड्काले भने २५ हजार ८ सय १ मत मात्रै प्राप्त गर्न सके ।