काठमाण्डौ । युनाइटेड सिमेन्ट्स प्रालिले काठमाण्डाँ तथा ललितपुरको विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीहरुलाई सिमेन्टको बारेमा जानकारी तथा गुणस्तरिय निर्माण कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिएको छ।
केही निर्माणकर्मीहरु विगतका अनुभवका आधारमा मात्रा निर्माणको काम गर्दै आएको तर सही निर्माण कसरी गर्ने भन्नेबारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले उनीहरुलाई गुणस्तरिय निर्माण गर्ने तरिकाको ज्ञान दिनुपर्ने एकदम आवश्यकता रहेको यूनाइटेड सिमेन्ट्सले महसुस गरी यी कार्यक्रमको पुनः थालनी गरेको हो।
हालसम्म चार स्थानमा सयौँ निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको र यो कार्यक्रम निरन्तर चलिरहने र हजारौँ निर्माणकर्मीलाई प्रशिक्षण दिने उद्योगको लक्ष्य रहेको छ।
सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारीका साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डन्डी बाँध्ने सही तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुका बारेमा जानकारी, कंक्रिटमा पानीको मात्रा र यसको असर आदि विषयमा कार्यक्रममा प्रस्ट पारिएको थियो। सही तरिकाले निर्माण गर्नु निर्माणकर्मीको धर्म हो र यसो गरेपछि पारिवारिक घर निर्माणसहित गगन चुम्बी महलदेखि, हाइड्रोपावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणमा समेत युनाइटेड सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिन्छ भनेर कार्यक्रममा प्रस्ट पारिएको थियो।
ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरी आफैँ क्लिन्कर उत्पादन गर्दै आएको उद्योगले विगत ७ वर्षदेखि नौबिसेमा रहेको आफ्नो कारखानाबाट उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको छ। उद्योगले ५३ ग्रेड तथा ४३ ग्रेड को ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19