काठमाण्डौ । युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेसी नगरपालिका–९ को वडा कार्यालयलाई १५ थान सिलाई मेसिन, १० थान कम्प्युटर तथा यसको उपयोग गर्न आवश्यक पर्ने टेबल तथा कुर्सि हस्तान्तरण गरेको छ। 

कम्पनीले बुधबार सोही नगरपालिका कार्यालयमा एक कार्यक्रमबीच ती सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा धुनिबेसी नगरपालिका उपप्रमुख सुरज उप्रेती, वडा नं. ९ का अध्यक्ष माधवप्रसाद सिलवाल, पूर्ववडाध्यक्ष साहिला राईका साथै विभिन्न संघसंस्था तथा प्रहरी प्रशासनबाट आएका प्रतिनिधिहरुको उपस्तिथि थियो।

कार्यक्रममा युनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत भरत दाहालले बिगतका दिनहरुमा पनि शिक्षा तथा स्वास्थ्यजस्ता आधारभूत तथा अपरिहार्य क्षेत्रमा यस समाजलाई हरेक तरहले सहयोग गर्दै आएको कुरा व्यक्त गरे। उनले त्यसै वडा कार्यालयको रहोबरमा परिचालन हुने गरी केही वर्षपहिले एम्बुलेन्स पनि हस्तान्तरण गरेको तथा स्वास्थ्य चौकी स्थापनाका निम्ति युनाइटेड सिमेन्ट्सले जग्गा पनि उपलब्ध गराएको कुरा जानकारी गराए। 

कार्यक्रममा वडाध्क्ष माधव सिलवालले युनाइटेड सिमेन्ट्सको यो कार्य एकदमै प्रसंशनीय रहेको बताए। एउटा घरमा यदि महिलाले सीप जानेकी छिन् भने उनले सम्पूर्ण घरलाई नै आर्थिक तथा सामाजिक रुपमा व्यवस्थित गर्न सक्ने उनको भनाइ थियो। 

ललितपुरको लेलेमा रहेको आफ्नै चुनढुंगा खानी तथा धादिङमा रहेको उद्योगबाट युनाइटेड सिमेन्ट्सले विगत ७ वर्षदेखि गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आएको छ।