काठमाण्डौ । मुलुकभर तथा संसारका २०० बढी मुलुकमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको इसेवा मनी ट्रान्सफर र कतारस्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीबीच रेमिट्यान्स सम्झौता भएको छ। 

यस सम्झौतासँगै कतारमा रहेका नेपालीले युनिमोनीको कतारमा रहेका ९ वटा शाखाहरुमा गई इसेवा मनी ट्रान्सफरका माध्यम हुँदै नेपाल पैसा पठाउन सक्ने छन्।

युनिमोनीका शाखाबाट पैसा सीधै नेपालका ६० भन्दा धेरै बैंकका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ। त्यस्तै युनिमोनीहुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स नेपालभरि रहेका इसेवा मनी ट्रान्सफरका १० हजारभन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ। 

यसका साथै पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगई सोझै इसेवा वालेटमा प्राप्त गरी अतिरिक्त रु. ७७ बोनससमेत प्राप्त गर्न सकिनेछ।

यस सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सीईओ अजेस कोइरालाले भने, ‘इसेवा मनी ट्रान्सफर र युनिमोनीबीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ। यसले  कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ।’

युनिमोनी कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो। जसले आफ्ना ग्राहकका वित्तीय आवश्यकता मध्यनजर गर्दै सहज रुपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को  देश आवागमन गराउँदै आएको छ। त्यसका लागि यसले आफ्ना सेवा संसारका विभिन्न मुलुकमा रिटेल स्टोरदेखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ। 

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताको र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनी ट्रान्सफरले आफ्ना सेवाग्राहीलाई १० हजारभन्दा बढी एजेन्ट सञ्जालमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थालाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।