काठमाण्डौ । देशका युवा तथा किशोर–किशोरीका लागि सीपमूलक अवसरलाई बढावा दिनका लागि ग्लोकल प्रालिले टर्किस एयरलाइन्ससँग सहकार्य गरेको छ।
साझेदारका रुपमा रहेको टर्किस एयरलाइन्सले ग्लोकललाई देशमा सीप विकासको मार्ग निर्माण गर्न सहयोग गरिरहेको छ।
टर्किस एयरलाइन्ससँगको सहकार्यले सीप अन्वेषण तथा युवाहरुका लागि थुप्रै अवसरहरु सिर्जना गर्नुका साथै भविष्यमा राम्रो प्रभाव पार्ने ग्लोकलले विश्वास गरेको छ। ग्लोकलले सन् २०१६ देखि टर्किस एयरलाइन्ससँग सक्रिय रुपमा सहकार्य गरिरहेको छ। यो ६ वर्षे सहकार्यमा युवाहरुको सीप तथा क्षमतालाई विकास गर्न र उनीहरुसँगको तालमेल विकास गर्न ग्लोकल सफल भएको छ।
टर्किस एयरलाइन्ससंगको सहकार्यमा उत्साहित युवा तथा किशोर–किशोरीलाई सिर्जनात्मक वर्कसपहरु तथा ग्लोकल टिन हिरो,सीईओ अनप्लग्डजस्ता इभेन्टहरुमा सहभागी गराइनेछ। जसले युवाहरुको उद्यमशिलता सीपलाई विस्तार गर्नुका साथै उनीहरुले आफ्नो दैनिक जीवनमा देखिरहेका तथा भोगिरहेका दृश्यभन्दा फरक दृष्टिकोणसँग अवगत गराइनेछ। ग्लोकलसँग देशका १२ हजार किशोर किशोरी तथा औसतमा १४ लाखभन्दा धेरै युवा जोडिसकेका छन्। टर्किस एयरलाइन्ससँगको सहकार्यमा युवाहरुको प्रतिभा प्रस्फुटन गर्न ‘स्किल विक’ र आर्ट कम्पिटिसनजस्ता प्रतियोगिताहरु सञ्चालन गरिनेछन्।
यसै अवसरमा ग्लोकलले ‘फलाइङ विथ टर्किस एयरलाइन्सः माई ड्रिम डेस्टिनेसन’ नामक थिमका साथ आगामी मार्च २६ गते साइट आर्ट कम्पिटिसन आयोजना गर्ने भएको छ। यो प्रतियोगिता बानेश्वर काठमाणडैमा रहेको एस इन्स्टिच्युट अफ म्यानेजमेन्टको प्राङगणमा आयोजना हुनेछ। यसको विजेता नगद ५ हजार र आफूले टर्किस एयरलाइन्समा आफूले घुम्न चाहेको ड्रिम डेस्टिनेसनको दुईतर्फी टिकट प्राप्त गर्नेछ।
यो प्रतियोगितामा सहभागी हुने चाहने युवाले https://skill.glocalafterschool.com/on-site-art-competition/ मा दर्ता गर्नुपर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago