काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) का सदस्यहरुको संयुक्त पहलअन्तर्गत वीर अस्पतालको ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ।
यी दुवै अस्पताललाई एनवाईईएफ राष्ट्रिय परिषद काठमाण्डौ च्याप्टर र काठमाण्डौ एडभाइजरी लिडरसिप ग्रुपबाट भएको सिलिन्डर उपलब्ध गराइएको हो।
एनवाईईएफ एउटा गैरनाफामूखी संस्था हो। यसको स्थापना सन् २००३ मा भएको थियो।
यो संस्थाको मुख्य उद्देश्य युवा उद्यमीहरुबीच विचारको आदानप्रदान गर्नु र व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने ज्ञान, सीप, शिक्षा, साझेदारी तथा तालिमहरु उपलब्ध गराउनु रहेको छ ।
हाल एनवाईईएफको एपेक्स बडी (केन्द्रीय कार्य समिति) मा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी युवा उद्यमीको सहभागिता रहेको छ । संस्थामा ६ सय भन्दा बढी सदस्य आबद्ध छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago