काठमाण्डौ। युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ।
यस समझदारीले कर्णाली प्रदेशको जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानीय युवालाई साथ दिन उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुर्याई युवा उद्यम प्रवर्द्धन तथा रोजगारी सृजनाद्घारा दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ।
राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्का तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुंगाना, तिला गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष रतननाथ योगी र नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लीलाप्रसाद ओझाले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago