काठमाण्डौ । स्थापनाको दुई वर्षको अवधिमा संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्सको इमिरेट्स इन्डिया इन्टरनेसनल एक्सचेञ्जबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। 

यो सम्झौतासँगै यूएईमा स्थायी रुपमा तथा कामको सिलसिलामा बसोबास गर्दै आएका नेपालीहरुले इमिरेट्स इन्डियाका यूएईस्थित यूएई, अबुधाबी, सारजाहलगायत अधिकांश स्थानमा रहेका ३३ वटा शाखाबाट सुरक्षित र विश्वासिलो तवरले डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउन सकिनेछ। 

इमिरेट्स इन्डियामार्फत नेपालमा आफ्ना आफन्तजन तथा इष्टमित्रलाई, जुनसुकै बैंक तथा वित्तीय संस्थाको खातामा तथा पाउने व्यक्तिको इसेवा वालेट्मा तुरुन्तै रकम पठाउन सकिनेछ। यसका साथै इमिरेट्स इन्डियाको वेबसाइटबाट पनि अनलाइन सेवा प्रयोग गरी इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पठाउन सकिनेछ भने निक भविष्यमै कम्पनीको मोबाइल एपबाट पनि यो सेवा उपलब्ध हुनेछ। 

हाल इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी रहेको हुनाले इमिरेट्स इन्डियाको माध्यम हुँदै यूएर्ईबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म हरेक महिना एक जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाण्डौमा घरसमेत जित्न सक्नेछन्। 

इमिरेट्स इन्डियामार्फत आफ्ना आफन्त तथा इष्टमित्रलाई नगद रेमिट्यान्स पनि पठाउन सकिनेछ। जसलाई नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा धेरै एजेन्ट नेटवर्कको सञ्जालबाट प्राप्त गर्न सकिनेछ। 

यसका साथै इमिरेट्स इन्डियामार्फत आएको नगद रेमिट्यान्स आफ्नो इसेवा वालेट्मा प्राप्त गर्दा सेवाग्राहीले थप रु. २०० बोनस समेत पाउने छन् भने मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन्।

रेमिट्यान्स भुक्तानी सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेस कोइराला र इमिरेट्स इन्डियाका तर्फबाट जनरल म्यानेजर अली मोहम्मद एलम्रानीले हस्ताक्षर गरेका छन्। 

इमिरेट्स इन्डियासँगको रेमिट्यान्स सम्झौताबारे सीईओ कोइरालाले भने, ‘यूएई नेपालीहरुको प्रमुख रोजगार गन्तव्य भएकाले इमिरेट्स इन्डियाजस्तो पहिलादेखि नै स्थापित अन्तराष्ट्रिय एक्सचेञ्ज कम्पनीसँग रेमिट्यान्स साझेदारी गर्न पाउँदा एकदमै उत्साहित छौँ। यसका साथै अनलाइन माध्यमबाट डिजिटल रेमिट्यान्स सेवा उपलब्ध भएकाले पनि सेवाग्राहीहरुलाई यस माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउन थप सहजता मिल्ने कुरामा पनि हामी विश्वस्त छौँ।’

इमिरेट्स इन्डिया इन्टरनेसनल एक्सचेन्ज सन् १९८० मा स्थापित भएर यूएईमा बैंक ट्रान्सफर, अन्तराष्ट्रिय मुद्रा एक्सचेञ्ज, मोबाइल मनी ट्रान्सफरलगायतका आधुनिक प्रविधिका डिजिटल सेवाहरु प्रदान गर्दै आइरहेको छ। विगत ३ दशकभन्दा बढी समयदेखि ग्राहकलाई आफ्नो मनी ट्रान्सफरलगायतका अन्य सेवाबाट सन्तुष्टि प्रदान गर्दै यूएईमा सबैभन्दा बढी रुचाइएको यस कम्पनीले हाल यूएईका अधिकांश स्थानमा रहेका ३३ वटा शाखाबाट सेवाग्राहीलाई आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ५० लाखभन्दा बढी प्रयोगकर्ता र ६० भन्दा बढी बैंक खातामा विपे्रषण रकम भित्र्याउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १ लाख १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका डेढ लाखभन्दा बढी क्यास प्वइन्टमार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। 

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनी ट्रान्सफर, देशभरका १ करोड १० लाखभन्दा बढी जनसंख्या र १ लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुका माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।