काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सभा आज शुक्रबार सम्पन्न भएको छ ।
कम्पनीको वार्षिक साधारण सभाले संचालक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४–०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४–०७५ को लेखा परीक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगदप्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) बमोजिमको वित्तीय विवरणसमेत स्वीकृत गरेको छ ।
यसै गरी आ.ब. २०७५–०७६ का लागि लेखा परीक्षकको नियुक्ति तथा कम्पनीबाट सामाजिक उत्तरदायित्वअन्र्तगत भएका खर्चहरुसमेत स्वीकृत गरेको छ ।
साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपीओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडि बढाउने सहमति प्रदान गरेको छ । आइपीओ निष्काशनका लागि यस अघि २०७४-०७-१५ गते भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गरिसकेको छ । कम्पनीले जारी पूँजी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।
कम्पनीको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष शुलभ अग्रवालले मन्तव्य राख्दै नया“ कम्पनी भएर पनि यूनियनलाइफले गरेको प्रगति प्रशंसायोग्य रहेको र आगामी दिन प्रभावकारी योजनासहित कम्पनीलाई आमनागरिकको भरोसायोग्य कम्पनी बनाउने बताए ।
यसैबीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बीमा क्षेत्रमा यूनियन लाइफले गौरवमय उपस्थिति बनाउन सफल भएको जनाउदै कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराउने दाबीसमेत गरे ।
कम्पनीले देशको संघीय ढाँचाअनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी पहँुच कायम गर्न सफल भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19