काठमाण्डौ । यो मौसम चिसो छ र चिसो मौसम त्यति रमाइलो हुँदैन पनि। तर, आधुनिक प्रविधिहरुलाई धन्यवाद। हामीले बनाएका सबै जानकारी र डिजिटल मनोरञ्जनहरु मात्र एक क्लिक टाढा छ। चाहे तपाइँलाई दराज जस्ता अनलाइन विक्रेताहरुबाट खरिद गरिएका मनोरञ्जनका सामग्रीहरु मनपर्छ (उनीहरुले सजिलो ईएमआई सेवाहरु पनि प्रदान गर्छन् है)। अथवा पूरानै तरिकाले डिलरकोमा गएर कुरा गरी आफ्नो नयाँ फोनको साथमा फर्किनुहुन्छ। हो। यहाँ हामी स्मार्टफोनहरुका बारेमा कुरा गर्दैछौं, त्यसैले एकछिन हामीलाई सुन्नुहोस्।
हामीलाई थाहा भएकै कुरा हो स्मार्टफोन के हो भनेर, स्क्रिनको सानो स्ल्याब जसलाई प्रविधिले नियन्त्रण गरेको छ। र, सायद तपाइँ यस्तै डिभाइसमा यो लेख पढ्दै हुनुहुन्छ। व्यक्ति पिच्छे स्मार्टफोनको प्राथमिकता फरक होला र कुनै एक फोन सबैका लागि उपयुक्त पनि नहुन सक्छ। रमाइलो के छ भने बजारमा देखिने सबै स्मार्टफोनहरुले एकैखाले काम गर्दछ भन्ने भान हुन्छ।
तपाइँलाई कुन फोन उपयुक्त छ भनेर अझै दोधारमा हुनुहुन्छ होला। यहाँ हामीले तपाइँको आवश्यकता पूरा गर्न सक्ने विभिन्न मूल्यसूचीसहित केही स्मार्टफोनहरुका बारेमा लेखेका छौं। शुरुवात कम मूल्यको स्मार्टफोनबाट गरौं जसको प्रयोगकर्ताहरुलाई महंगो फोन र तिनीहरुले प्रदान गर्ने अधिक सुविधाहरुको आवश्यकता पर्दैन। यसको लागि हामीले स्मार्टफोनहरुलाई मूल्यको आधारमा ३ भागमा राखेका छौं।
नार्जो 50i – इन्ट्री लेभल
हाम्रो सूचिको पहिलो स्थानमा रहेको Narzo 50i छ। राम्रो क्यामेराहरु, आकर्षक प्रदर्शन, ठूलो डिस्प्ले र थुप्रै सुविधाहरु भएको यस फोनबाट प्रयोगकर्ताले चाहे अनुसारको फाइदा उठाउन सक्नुहुन्छ। रु. १२,९९९ मा २GB RAM र ३२GB स्टोरेज रहेको यस फोन ४GB RAM र ६३GB स्टोरेजमा पनि उपलब्ध छ। यसको ब्याट्रीले तपाइँलाई पूरा दिन साथ दिन्छ। तपाइँको जानकारीका लागि, यहाँ उल्लेख गरिएका सबै फोनहरुमा उत्कृष्ट ब्याट्री लाइफ रहेको छ।
आफ्नो सेग्मेन्टमा अरु भन्दा फरक र आकर्षक डिजाइनले नै Narzo 50i लाई उत्कृष्ट सावित गर्दछ। डायगनर स्ट्राइप डिजाइन रहेको पछाडिको भाग सुन्दर देखिन्छ र यो फोन मिन्ट ग्रिन र कार्बन ब्ल्याक कलरमा पनि उपलब्ध छ।
Narzo ले आफ्नो प्रदर्शनमा ध्यान दिने भएकाले तपाइँले पबजी जस्ता गेमहरु खेल्न नपाए पनि यसले तपाइँलाई अरु कार्यहरु गर्न सहजता प्रदान गर्दछ।
रियलमी 9i मिडरेन्ज
गेम खेल्न, फोटोग्राफीमा आकर्षित व्यक्ति अथवा टिक टक बनाउन चाहनुहुन्छ भने यो फोन तपाइँको लागि उपयुक्त छ। तपाइँले सुन्नु भएकै होला “राम्रो फोनहरु सस्तो हुँदै गएका छन् र सस्तो फोनहरु राम्रो”। चभबmिभ ढष् यसैको उदाहरण हो। हाम्रो विशेष स्रोतको अनुसार यो फोन भ्यालेन्टाइनस् डे अगाडि नै आउँदैछ र यसको मूल्य रु. २६,००० को हाराहारी मै उपलब्ध हुनेछ। narzo 50i राम्रो फोन भएपनि मिडरेन्जरसंग तुलना गर्न मिल्दैन। realme 9i मा आकर्षक डिस्प्ले, दु्रत रिफ्रेस रेट र फास्ट प्रोसेसर रहेको छ।
माथि नै भने अनुसार यस स्मार्टफोनमा भरपर्दो ब्याट्री छ। realme 9i ले फास्ट चाजिङ पनि सपोर्ट गर्दछ। निल ब्याट्री देखि १००% ब्याट्री चार्ज हुन जम्मा १ घण्टा भए पुग्छ।
यस फोनको अन्तिम कुरा क्यामेराका बारेमा गरौं। ५०MP AI सेन्सरले दिउँसो अथवा राती पनि एचडि फोटोहरु खिच्छ। २MP depth सेन्सर र २MP macro लेन्स पनि यस फोनमा उपलब्ध छ। फोटोग्राफी मनपराउनेहरु सबैलाई यस फोनले आकर्षक तस्विरहरु खिच्न मद्दत गर्दछ।
यी आकर्षक सुविधा भए पनि हाम्रो लिस्टमा रहेको अर्को फोन अझ परिष्कृत छ।
रियलमी जिटी नियो २
यो एक विशेष फोन हो। यस लिस्टको अन्तिम फोन साँच्चिकै आकर्षक फ्ल्यागसिप फोन हो। 120Hz AMOLED डिस्प्ले, 65W को फास्ट चार्जिङ र फास्ट प्रोसेसर सहितको यो फोन अरु महँगो फोनहरुसंग सजिलै प्रतिस्पर्धा गर्न सक्छ। यसको विश्लेषण गरौं। 600Hz सँगै HDR10 सपोर्ट गर्ने AMOLED डिस्प्लेको साथ तपाइँले यसको आकर्षक सुविधाहरुको फाइदा उठाउन सक्नुहुन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago