काठमाण्डौ । समग्रमा यो साता सेयर बजार बढेको छ।
यो साता सेयर बजारमा ४ दिन कारोबार भयो। बजार दुई दिन बढ्यो भने दुई दिन घट्यो।
अघिल्लो साता २५६६.९० मा बन्द भएको बजार यो साता २६३१.२५ मा बन्द भएको छ। यस हिसाबले बजार यो साता ६४.३५ अंकले बढेको छ।
साताको पहिलो कारोबार आइतबार १०१ ले उकालो लागेको थियो। सोमबारमा बजार टीएमएसमा समस्या देखियसँगै नियमित कारोबार पौने २ घन्टामात्रै भयो। बजारमा मंगलबार र बुधबार भने क्रमशः १७ अंक र २० अंकको गिरावट आएको थियो।
समग्रमा यो साता बजारमा १०७.३ अंकको उतारचढाव भएको छ।
यसैगरी अघिल्लो साता १० अर्ब २३ करोड रुपैयाँको कारोबार भएको थियो। यो साता १२ अर्ब ७ करोड रुपैयाँ कारोबार भएको। यो हिसाबले यो साता १८.६५ प्रतिशतले कारोबार बढेको हो।
चैत मसान्तको प्रभावसँगै बजार केही दिन सामान्य रुपमा नै चल्ने विश्लेषकहरु बताउँछिन्। आगामी दिनमा विकास खर्च बढेसँगै तरलता बढ्ने तथा तरलता सहज भएसँगै ब्याजदर घट्ने र सेयर बजार विस्तारै बढ्ने बजार जानकार बताउँछन्। वैशाख लागेसँगै कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण आउन थाल्ने भएकोले बजारले पनि गति लिने उनीहरुको भनाइ छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago