काठमाण्डौ । प्रोटोन ब्रान्ड गाडीको आधिकारिक बिक्रेता शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले ‘गन्तव्य खुसियालीको–हर्ष दसैँ र तिहारको’ भन्ने नाराका साथ दसैँ–तिहार पर्वविशेष योजना ल्याएको छ। 

‘अभिभावकको कार, सन्तानको स्कुटर साकार’ भन्ने अभियानका साथ ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले हरेक Saga Sedan Car को खरिदमा TVS Ntorq स्कुटर जित्ने अवसर प्राप्त गर्नेछन्। 

यसका साथै यस योजनामा X50 र X70 SUV Car र Saga sedan car अन्तर्गत ग्राहकले आकर्षण नगर पुरस्कार, एक वर्षका लागि निःशुल्क इन्स्योरेन्स सेवा तथा सडक दस्तुर, एक्सचेन्ज सुविधाका साथै सहज फाइनान्स सुविधा एवं आकर्षण गिफ्ट ह्याम्परसमेत प्राप्त गर्न सक्नेछन्। 

स्टक सीमित रहेकोले स्टक रहेसम्म मात्र यो सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ।