काठमाण्डौ। उपभोक्ताको चाहना बिक्रेताको भावना तथा बदलिँदो फेसनलाई मध्यनजर गर्दै नजिकै आउँदै गरेको चाडपर्वलाई लक्षित गरी रन शुज इन्ड्रस्ट्रिज प्रालिले “नेपाली मन जुत्तामा रन” भन्ने मूल नाराका साथ २६ डिजाइनका नयाँ मोडलका जुत्ताहरु बजारमा ल्याएको  छ।

विशेषत पछिल्लो समयमा लेडिज स्पोर्टस् शुज नेपाली ब्रान्डमा कमैमात्र बजारमा पाइने अवस्थामा महिला र पुरुष दुबै वर्गका लागि जुत्ताहरु बजारमा ल्याएको छ। समय र ग्राहकको चाहनाअनुसार विभिन्न कलरहरुमा उपलब्ध जुत्ताहरुले  आम उपभोत्ताको मन जित्ने कम्पनीले विश्वास लिएको छ।

स्पोर्टस्, फेन्सी  तथा युवाहरुको चाहनाअनुसार पार्टी, क्याजुयल र लोफर मोडलका जुत्ताहरु बजारमा उपलब्ध छन्। रन शुजका उत्पादनहरु उच्च गुणस्तरको फ्लेक्जिबल इन्नरसोल, नचिप्लिने रवर तथा पीयूको सोलहरुमा बजारमा उपलब्ध छन्। 

गुणस्तरीय सामग्री प्रयोग भएकोले रन ब्रान्डका जुत्ताहरु लगाउँदा आरामदायी फ्लेक्जिबल, लचकरदार डुरेबल (बलियो) साथै रिजनेबल पनि छन्। 

रन शुजकोे आजसम्ममा १ हजारभन्दा बढी मोडलका जुत्ताचप्पलहरु बजारमा उपलब्ध छन्। यसका साथै यसले ७७ वटै जिल्लाका मुख्य सहर तथा बजारहरुमा बिक्री वितरण गर्दै आएको छ।

निकट भविष्यमा यो कम्पनीका जुत्ता तथा चप्पलहरु विदेशी बजारमा निर्यात गर्नका लागि गृहकार्य  भइरहेको छ। यस कार्यले देशले व्यहोर्दै आएको व्यापार घाटालाई घटाउन टेवा पुग्ने विश्वास लिएको छ।