काठमाण्डौ । कोका–कोला नेपालले अझ स्वादिष्ट र स्फुर्तीदायक स्वादमा नयाँँ कोका–कोला जिरो सुगर बजारमा ल्याएको छ। 

आइकोनिक क्लासिक कोकको जस्तै स्वाद भएको यो नयाँँ कोका–कोला जिरो सुगर आकर्षक र नयाँँ बोल्ड प्याकेजिङमा उपलब्ध छ। अब नेपाली उपभोक्ताले नो क्यालोरी र जिरो सुगर कोका–कोलाको स्वाद लिन सक्नेछन्।

व्यापक बजार परीक्षण र इन–हाउस इनोभेसनमार्फत बजारमा ल्याइएको कोका–कोला जिरो सुगर अझै शानदार प्याकेजिङ र उत्कृष्ट स्वादका साथमा आएको छ। नो सुगर पेयपदार्थ रुचाउने तर क्यालोरी नियन्त्रण गर्न चाहने मानिसका लागि यो कोका–कोला जिरो सुगर अत्यन्तै उपयुक्त रहेको छ। 

सन् २००५ मा विश्वव्यापी रुपमा लन्च गरिएको यो कोका–कोला जिरो सुगरलाई कोका–कोला क्लासिकको जस्तै स्वाद दिनका लागि सन् २०१७ मा रिफर्मुलेट गरिएको थियो। नेपालमा यो २०१६ नोभेम्बरमा पहिलोपल्ट लन्च भएको थियो।

लन्चका बारेमा बोल्दै कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी सदैव उपभोक्ताको चाहना र आवश्यकताअनुसारको उत्पादनहरु नै बजारमा ल्याउने प्रयास गर्छौं। यो नयाँँ स्वाद र नयाँँ प्याकेजिङ सहितको कोका–कोला जिरो सुगरलाई विश्वभरीकै उपभोक्ताले मन पराउनुभएको छ र यसलाई नेपालमा पनि उपलब्ध गराउन पाउँदा हामीलाई खुसी लागेको छ। नेपाली उपभोक्ताले पनि यो नयाँँ कोका–कोला जिरो सुगरलाई मन पराइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौँ।’

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले भने, ‘आफ्नो व्यस्त जीवनशैलीलाई सुहाउने र स्वादमा सम्झौता गर्नु नपरी चिसो पेयपदार्थको आनन्द अनुभव गर्न चाहने समस्त युवा तथा अन्य उपभोक्ताका लागि यो कोका–कोला जिरो सुगर अत्यन्तै उपयुक्त छ। संसारभरि नै अत्यन्त रुचाइएको यो कोका–कोला जिरो सुगरलाई नेपाली उपभोक्ता सामु ल्याउन पाउँदा हामी उत्साहित छौँ।’

नयाँँ कोका–कोला जिरो सुगर ५०० मि.लि. र २५० मि.लि.मा नेपालभर उपलब्ध छ।