काठमाण्डौ । नेपालको सबैभन्दा ठूलो कर्पोरेट समूहमध्ये एक रमेश कर्पोरेसनले आफ्नो तेस्रो संस्थापक दिवस कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमका साथ अनाथालयमा मनाएको छ। 

विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरुको साथ १८ मार्चमा मनाउँदै आइरहेको संस्थापक दिवस यस वर्ष काठमाण्डौको नक्सालस्थित बालमन्दिर अनाथालयमा सीएसआर कार्यक्रम आयोजना गरी विशिष्ट र प्रभावकारी ढंगले मनाएका छन्। समाजका लागि पुनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेसनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो। 

सीएसआर कार्यक्रममा रमेश कर्पका सदस्यहरुले अनाथालयमा विभिन्न रमाइला गतिविधिहरुको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेसनरीजस्ता आवश्यक वस्तु वितरण गरेका थिए। 

रमेश कर्पोरेसनका सदस्यहरुले अनाथ आश्रममा भेला भई बालबालिकाबीच चित्रकला प्रतियोगितालगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरु सञ्चालन गरेका थिए। बालबालिकाको मुहारमा खुसी, मुस्कान ल्याउन र उनीहरुको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। रमेश कर्पोरेसनका सदस्यहरुले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए।

कार्यक्रमका बारेमा बोल्दै रमेश कर्पोरेसनका उपाध्यक्ष सुशील गुप्ताले भने, ‘आज रमेश कर्पोरेसनको तेस्रो संस्थापक दिवस र यो दिन हाम्रा लागि विशेष छ। किनकि हामीले हाम्रा संस्थापक स्व. रमेश गुप्ता र उहाँको दर्शनलाई सम्झने र यस्ता कार्यमार्फत समुदायमा पुनः योगदान गर्ने अवसर पाइरहेका छौँ।’

रमेश कर्पोरेसनका उपाध्यक्ष रोहित गुप्ताले भने, ‘हाम्रो संस्थापक दिवस विशेष अवसर हो किनकि हामीले हाम्रा संस्थापक रमेश गुप्ताको मूल्यमान्यता र दृष्टिकोणलाई सम्झन्छौँ। हामी समाजका लागि पुनः योगदानमा विश्वास गर्छौं र त्यो लक्ष्य हासिल गर्नका लागि यो कार्यक्रम एउटा सानो कदममात्र हो।’