काठमाण्डौ ।व्यापारिक घराना रमेश कर्पले ट्राभल सेवा उत्कृष्ट बनाउने कार्यका लागि ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रालिसँग साझेदारी गरेको छ ।

मंगलबार समझदारी पत्र दुबै पक्षले हस्ताक्षर गरेका छन् ।यस सहकार्य पछि सेवाग्राहीहरुले झण्झट–मुक्त किसिमले टिकटिंग सुबिधाहरु, निपुण भिसा सहायता, टूर प्याकेजहरू र सुविधाजनक होटल बुकिंगदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा र व्यक्तिगत बैठक र अभिवादन सेवा पाउने बताइएको छ ।

कम्पनीले  ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रालिसँगको रणनीतिक साझेदारीको सुरुवात भएको बताएको छ । साथै कम्पनीले सम्झौतापछि आफ्ना हितग्राहीहरुको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ  बडी उन्नत,निर्बाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रासँग सम्बन्धित सेवाहरू प्रदान गरिने लक्ष्य रहेको बताएको छ ।

कम्पनीका कार्यकारी निर्देशक सञ्जय अग्रवालले आफ्ना हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्नका लागि बोन्जोय ट्राभल प्रालिसँग सहकार्य गरेको बताए ।