काठमाण्डौ । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीले नयाँ शाखा कार्यालय विस्तार गरेको छ। कम्पनीले रसुवा जिल्लाको स्याफ्रुबेसीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। 

योसँगै कम्पनीको शाखा कार्यालय संख्या ५५ पुगेको छ। उक्त शाखामार्फत कम्पनीले दिँदै आइरहेको सम्पूर्ण निर्जीवन बीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

यसका साथै कम्पनीले नयाँ शाखा कार्यालय सञ्चालनका अवसरमा स्याफ्रुबेसीमा बीमा सचेतना कार्यक्रमसमेत गरेको थियो। कम्पनीले सो क्षेत्रका स्थानीय सर्वसाधारणलाई निर्जीवन बीमाको बारेमा जानकारी दिएको थियो। 

कम्पनीले शाखा कार्यालय विस्तारसँगै निर्जीवन बीमा व्यवसायमा समेत विस्तार गरेको छ। कम्पनीले प्रधान कार्यालयसहित ५६ कार्यालयमार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ। 

निकट भविष्यमा शाखा सञ्जाल बढाउँदै निर्जीवन बीमा व्यवसायमा उल्लेख्य वृद्धि गर्ने कम्पनीले जनाएको छ।