काठमाण्डौ । राजदूत त्यागेर चुनाव लड्न मैदानमा आएका कांग्रेस नेता दीपकुमार उपाध्याय समेत सुरुवाती मतगणनाको क्रममा पछाडि परेका छन् । 

कपिलवस्तुु १ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वार बनेका उपाध्यायले ६ हजार ९ सय ४२ मत पाएका छन् । उनलाई उछिन्दै सोही क्षेत्रबाट उम्मेद्वार बनेका माओवादीका चक्रपाणि खनालले ७ हजार ४ सय २८ मत पाएका छन् । 

उपाध्याय भारतका लागि नेपाली राजदूत रहँदा निकै विवादित पात्र हुन् । देशप्रति गद्धार गरेको आरोपमा केपी ओली सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । ओली सरकार ढलेपछि बनेको कांग्रेस नेतृत्वको सरकारले एमालेलाई देखाइदिनैका लागि पुनः उपाध्यायलाई भारतका लागि राजदूतको जिम्मेवारी दिएर पठाएको थियो । 

तर, दोश्रोपटक पाएको जिम्मेवारी समेत उनले इमानदारितापूर्वक निर्वाह गरेनन् । बरु, सक्रिय राजनीतिमा होमिने भन्दै राजदूत पद छाडेर निर्वाचन लड्न आए ।