काठमाण्डौ । भारतका लागि नेपाली राजदूत पद त्यागेर चुनाव लड्न नेपाल आएका दीपकुमार उपाध्यायले समेत हारेका छन् । 

उनलाई केपी ओली सरकारको पालामा अयोग्य राजदूत घोषित गरी स्वदेश फिर्ता बोलाइएको थियो । तर, देउवा प्रधानमन्त्री भएपछि एमालेसँग बदला लिंदै उनलाई पुनः भारतका लागि नेपाली राजदूतको जिम्मेवारी दिएर पठाइएको थियो । 

राजदूत बन्नुुअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उपाध्याय प्रतिनिधिसभा निर्वाचनअघि नै पद त्यागेर कपिलवस्तुु आएका थिए । 

कपिलवस्तु १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेद्वारी दिएका उपाध्याय ९४६ मतान्तरले पछारिएका हुन् । 

माओवादी केन्द्रबाट उम्मेद्वारी दिएका चक्रपाणी खनाल २९ हजार ७ सय ९९ मतसहित यो क्षेत्रबाट निर्वाचित हुँदा उपाध्यायले २८ हजार ८ सय ५३ मत मात्र प्राप्त गरे ।