काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ५औँैँ एक्स्टेन्सन काउण्टर राजविराजको जिल्ला अदालतमा संचालनमा ल्याएकोे छ ।
यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
यो नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२१ शाखा, ५ एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।
यो शाखाको साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago