काठमाण्डौ । खल्तीले ललितपुर महानगरपालिकासँग आफ्नो राजस्व संकलन डिजिटलाइजेसनका लागि सहकार्य गरेको छ। करदाताले ‘खल्ती’ बाट ललितपुर महानगरपालिकाको घर बहाल कर, सम्पत्ति कर र व्यवसाय कर शुल्क तिर्न सक्नेछन्।

हालै काठमाण्डौ महानगरपालिकाको कर भुक्तानीका लागि पनि सोही सेवा उपलब्ध भएको थियो। अब ललितपुर महानगरपालिकाका बासिन्दाले घर बहाल कर भुक्तानी सुविधा उपलब्ध भएसँगै खल्ती प्रयोगकर्ताले वडा कार्यालयमा नगइकनै विभिन्न कर तिर्न सक्नेछन्।

यस सेवाका बारे थप बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले भने, ‘डिजिटल भुक्तानी गर्ने क्षमता पहिलेभन्दा धेरै महत्वपूर्ण भएको छ, किनकि यसले व्यवसाय र उपभोक्ता दुवैलाई धेरै तरिकाले फाइदा पुर्याउँछ। यस प्रक्रियामा हामीले विभिन्न स्थानीय सरकार र अधिकारीसँग साझेदारी सुरु गरेका छौँ। ललितपुर महानगरपालिकासँगको यो साझेदारीले पारदर्शी र प्रभावकारी राजस्व संकलनका लागि निश्चित रुपमा हजारौँ घरपरिवारलाई कर भुक्तानीको आनन्द लिन सक्षम बनाउनेछ।’

करदाताले तल बताइएको तरिकाअनुसार ‘खल्ती’ छनौट गरी भुक्तानी गर्न सक्नेछन्–

१. खल्ती एपको होमस्क्रिनमा गई ‘लोकल गभर्मेन्ट’ मा जानुहोस्

२. ‘ललितपुर महानगरपालिका’ छनौट गरी कर भुक्तानीकर्ता आईडी राख्नुहोस् 

३. कर भुक्तानी प्रकार छनौट गर्नुहोस्–

  • घर बहाल कर
  • सम्पत्ति कर
  • व्यवसाय कर

४. विवरणहरु प्रमाणित गर्नुहोस् र भुक्तानी गर्नुहोस्

५. भुक्तानी विकल्प ‘खल्ती वालेट’ वा ‘लिंक गरिएको बैंक खाता’ चयन गर्नुहोस्

६. भुक्तानी गरेको बिल खल्तीको कारोबर सेक्सन (ट्रान्ज्याक्सन हिस्ट्री)मा प्राप्त हुनेछ।

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। खल्तीमा हाल २५ लाखभन्दा बढी प्रयोगकर्ता र ६० हजारभन्दा बढी एजेन्ट नेटवर्कसँगै देशभरको परिवारमा वृद्धि गरेको छ। 

सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवामार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई र सिनेमा टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्स, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवा उपलब्ध गराएको छ।

खल्ती www.khalti.com/app बाट डाउनलोड गर्न सकिन्छ।