काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको अवस्था थप नाजुक बनेको छ । तनहुँ १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार रहेका उनले एमालेका उम्मेद्वारसँगको मतान्तर घटाउन सकेका छैनन्, उल्टो बढिरहेको छ । 

पछिल्लो अपडेट अनुसार सो क्षेत्रबाट एमालेका उम्मेद्वार कृष्णकुमार श्रेष्ठले १५ हजार ८ सय २४ मत पाएका छन् भने उनलाई रामचन्द्र पौडेलले १२ हजार ६ सय ६४ मतले पछ्याइरहेका छन् । पौडेल श्रेष्ठ भन्दा ३१६० मतान्तरले पछाडि परेका हुन् । 

यो क्षेत्रमा हालसम्म २९ हजार ५ सय मत गणना भइसकेको छ ।