काठमाण्डौ । गणपति वनस्पति प्रालिद्वारा उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलद्वारा आमसर्वसाधरण एवं उपभोक्तासँग अन्तर्क्रिया गर्ने उद्देश्यले लागू गरिएको भ्यालेन्टाइन योजना सेयर एन्ड विन योजना तथा एन्सर एन्ड विन योजनामा सहभागी भई लक्कीड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीलाई आज एक समारोहका बीच पुरस्कार वितरण गरिएको छ। 

यस योजनाअन्तर्गत यस प्रतियोगितामा भाग लिई विजेता हुन सफल  प्रतियोगीहरुमध्ये ६ जनाले जनही १–१ कार्टुन रामदेव सनफलावर तेल, आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर १–१ जनाले प्राप्त गरेका छन्। ती विजेताहरुलाई पुरस्कार वितरण रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेसनलका प्रबन्ध निर्देशक एवं व्यवसायी ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ मेनेजर विनोद श्रेष्ठले वितरण गरेका थिए। 

‘रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडियामार्फत जोडी उत्पादनसँग परिचित गराएकोमा धन्यवाद दिन चाहन्छौँ’, पुरस्कार बिजेता सुदर्शन मैनालीले भने। 

गणपति वनस्पतिले रामदेव ब्रान्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ।