काठमाण्डौ । गणपति वनस्पति प्रालिद्वारा उत्पादत गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलद्वारा आमसर्वसाधरण एवं उपभोक्तासँग अन्तर्क्रिया गर्ने उद्देश्यले लागू गरिएको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एन्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई आज एक समारोहका बीच भाटभटेनी सुपरस्टोर नक्सालमा पुरस्कार वितरण गरिएको छ।
यो योजनाअन्तर्गत यस प्रतियोगितामा भाग लिई विजेता हुन सफल प्रतियोगीहरुमध्ये २ जनाले जनही १–१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन्। प्रतियोगितामा सहभागी भई विजेता हुन सफल जोरपाटीकी लता शाह तथा बालाजुकी सुस्मिता नेपालले पुरस्कार प्राप्त गरेका छिन्।
उक्त विजेताहरुलाई पुरस्कार वितरण रामदेव तेलका बजार प्रबन्धक विनोद श्रेष्ठले वितरण गरेका थिए। ‘रामदेव तेलले यसरी आफूहरुलाई डिजिटल मिडियामार्फत जोडी उत्पादनसँग परिचित गराएकोमा हामी धन्यवाद दिन चाहन्छौँ’, पुरस्कार विजेता लता शाहले भनिन्।
गणपति बनस्पति प्रालिले रामदेव ब्रान्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ। गणपति बनस्पतिद्वारा उत्पादत गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलद्वारा अब सुरु हुन लागेको नेपालीको महान चाड तीजदेखि छठ पर्वसम्मका लागि चाडपर्वको बहार हरेक हप्ता आकर्षक उपहार योजना सार्वजनिक यसअघि नै गरिसकेको छ। जसअनुसार यो डिजिटल मिडिया फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago