काठमाण्डौ । लक्की ग्रुपको भागिनी संस्था गणपति वनस्पति प्रालिद्वारा उत्पादत गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले ‘चाडपर्वको बहार हरेक हप्ता उपहार’ योजनाअन्तर्गत चौथो हप्ताका विजेतालाई आज आयोजित एक समारोहका बीच पुरस्कार वितरण गरेको छ। 

चौथो हप्ताको प्रतिस्पर्धा रामदेव तेलको पकेट लिई कुनै पनि मार्टमा गई तेलको पकेटसँग फोटो खिची यो योजनामा भाग लिने रहेको थियो। जसअन्र्तगत प्रतियोगितामा भाग लिई लक्की ड्रमार्फत विजेता हुन सफल दुईजनाले जनही १–१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन्। 

प्रतियोगितामा सहभागी भई विजेता हुन सफल हुनेमा काठमाण्डौ बौध आरुवारीकी बिना श्रेष्ठ  र काठमाण्डौ त्रिपुरेश्वरका कक्षा १ मा अध्ययनरत इभाराज ताम्राकार छन्। गणपति वनस्पतिका मार्केटिङ मेनेजर विनोद श्रेष्ठले विजेता दुवैलाई पुरस्कार वितरण गरेका थिए। 

कम्पनीले नेपालीहरुको महान चाड तीजदेखि छठ पर्वसम्मका लागि यो योजना ल्याएको हो। जसअनुसार डिजिटल मिडिया फेसबुकमार्फत हुने प्रतिस्पर्धामा जोसुकैले पनि भाग लिन सक्ने तथा हरेक हप्ता २ जना विजेतालाई लक्की ड्रमार्फत पुरस्कार वितरण गरिने कम्पनीले जनाएको छ। 

गणपति बनस्पतिले रामदेव ब्रान्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्रीवितरण गर्दै आइरहेको छ।