काठमाण्डौ । ग्लोकल प्रालिद्वारा आयोजित ‘ग्लोकल टीन हिरो २०२०’को उपाधि रामेछापकी मन्दिरा श्रेष्ठले जित्न सफल भएकी छन्।
देशभरिका किशोरकिशोरीबाट कुल ६०४ आवेदन आएकोमा आज ग्लोकल टीन हिरो उपाधिबाट सम्मानित गरिएको हो। किशोरकिशोरीमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरुमाझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरा’ नेपालको यो छैटौँ संस्करण हो।
आज भएको अनलाइन कार्यक्रमबीच ग्लोकल टीन हिरो नेपाल, २०२० को घोषणा गरिएको हो। भर्चुअल कार्यक्रममा श्रम, रोजगार र सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विजेताको घोष्णा गरेका थिए। शिक्षा, उद्यमशीलता, कूटनीति, एवं अन्य विविध क्षेत्रका वयक्तित्वहरुको उपस्थितिमा यो कार्यक्रम सञ्चालन गरिएको थियो।
वाईवाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी एकराज घिमिरे, वातावरण विद्, मन्दिरा श्रेष्ठ स्वास्थ्य अभियन्ता, रीत काफ्ले शिक्षिका, सुभाश शर्मा कोडर, सुलव सुवेदी नवप्रवद्र्धक र वैभव नाहटा उद्द्यमीबीच प्रतियोगिताको विजेता चयन गरिएको थियो।
मन्दिरा श्रेष्ठ रामेछापकी १९ वर्षीया स्वास्थ्य कार्यकर्ताकर्मी एवमं अभियन्ता हुन्। उनले ‘यूपीआरमा बाल नेतृत्वको रिपोर्ट, २०२०’ को टीम लिडरका रूपमा काम गरेकी छन्। उनी एकीकृत राष्ट्रिय किशोरकिशोरी फोरमको सदस्यका रूपमा पनि सक्रिय रुपमा सहभागी भईरहेकी छन्।
त्यस्तै शिक्षामा महिलाको पहुँचका लागि काम गर्दै उनी ‘ट्री पद्ममा चाइल्ड क्लबमा’ सामाजिक स्वयंसेवकका रुपमा काम गरिरहेकी छन्। स्वास्थ्य क्षेत्रमा कामको अनुभव बटुल्दै उनी एसआरएचआर क्षेत्रमा प्रशिक्षकका रुपमा पनि अग्रसर छिन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago