काठमाण्डौ । कामना सेवा विकास बैंकले असार १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ।
मौलिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय धान दिवसका अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको “दही चिउरा खाने, रोपाइ र हिलेदौड प्रतियोगिता” तथा पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजना गरिएको “१८ औँ रोपाइँ महोत्सव” लाई आर्थिक सहयोग गरेको छ। बैंकले मौलिक तथा साँस्कृतिक परम्पराहरुको जगेर्ना गर्ने उद्देश्यले उक्त कार्यक्रमहरुलाई सहयोग गरिएको जनाएको छ।
यसका साथै परम्पराको जगेर्नास्वरुप दही–चिउरा खाने कार्यक्रमको महत्व दर्शाउँदै बैंकले आफ्नो केन्द्रीय कार्यालय र सम्पूर्ण शाखा कार्यालयमा दही चिउरा खाने कार्यक्रम आयोजना गरी “दही चिउरा खाने दिन” मनाएको छ।
यस्ता कार्यक्रमले नेपाली समाजको मौलिक कला, संस्कृति, परम्परा तथा कर्मचारीबीच एकताको भावनालाई बढावा दिनेमा बैंक विश्वस्त रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19