काठमाण्डौ । मोबाइल एप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैयाँमै मोबाइल अफर सुरु हुने भएको छ ।
रिचार्जरका एकजना प्रयोगकर्ताले एउटामात्र मोबाइल ४९९ रुपैयाँमा खरिद गर्न सक्ने छन् । भदौ १९ गते बिहीबारका दिन रिचार्जर एपबाट ४९९ रुपैयाँमा मोबाइल खरिद गर्न सकिने छ ।
रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहकाअनुसार बिहीबार मध्याह्न १२ बजेदेखि सुरु हुने अफर ४ घन्टासम्म चल्ने छ । ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने उनको अपेक्षा छ ।
यसैगरी एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाइल बुकिङ गर्दा १० प्रतिशतसम्मको क्यास ब्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ । योजनाअनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घन्टाभित्रै सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एशिया बैंकले जनाएको छ ।
अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्तान गर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ।
त्यसैगरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकमबराबरको क्यास ब्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ । साथै रिचार्जरबाट सामसुङ नोट १० र नोट १० प्लस मोबाइल शुन्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ ।
ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले केही समय अघिमात्र अपडेट गरिएको एपबाट सहज रुपमा आवश्यक उपकरणहरु खरिद गर्न सकिने बताए । भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामा अफरभित्र अफरअन्तरगत सेवाग्राहीले सरप्राइज गिफ्टह्याम्पर पाउने छन् । अफरभित्र अफरसहित ५० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम् गरी मेलामा सुलभ मूल्यमा सामान किन्न सकिन्छ ।
विभिन्न बैंक तथा ब्राण्डसँगको सहकार्यमा ‘अहिले लिनुहोस्, पछि तिर्नुहोस्’ योजनासहित रिचार्जरले ग्याजेट्स मेला सञ्चालन गरेको हो । मेलामा सस्तो मुल्यामा मोबाईल तथा इलेक्ट्रोनिक्स ग्याजेटहरु शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिने रिचार्जरले जनाएको छ । सबै अफरमा सहभागि हुनका लागि सेवाग्राहीले एण्ड्रोइड तथा आईफोनमा रिचार्जर एप डाउनलोड गरी खाता सञ्चालनमाल्याउनु पर्ने हुन्छ ।
मेलामा मोबाइल, ल्यापटप, क्यामेरा, टेलिभिजन, एयर कण्डिसनर, रेफ्रिजिरेटरलगायतका उपकरणहरु शुन्य प्रतिशत ब्याजदरमा घरमा बसेर अर्डर गर्न सकिने छ । नजिकिँदै गरेको दसैँ तथा तिहारको अवसर पारेर रिचार्जरले जीप कम्पनीको हरेक गाडीको खरिदमा १ लाख क्यास प्वाइन्टसमेत उपलब्ध गराउने भएको छ ।
यसका साथै रिचार्जर एप डाउनलोड गरी खाता खोली कारोबार गर्ने मध्येबाट एक जनालाई रिचार्जरले सामसुङको ए ट्वान्टी मोबाइलबितरण गर्ने भएको छ । यही भदौ २९ गते १६ः३० बजे रिचार्जरको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण गरी मोबाइल विजेता घोषणा गर्ने रिचार्जरले जनाएको छ ।
गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर एप डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले तत्काल १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो, त्यति नै त्यति नै क्यास प्वाइन्ट पाइन्छ ।
विभिन्न किसिमका सेवाहरुको बिल भुक्तान गर्दा पनि २० प्रतिशतसम्मको क्यास प्वाइन्ट पाइन्छ । यसरी प्राप्त हुने क्यास प्वाइन्टलाई रिचार्जरबाट सामानखरिद गर्दा रिडीम गरी प्रयोग गर्न सकिन्छ । केही समयपछि यस्तो क्यास प्वाइन्टबाट मात्र पनि सामान खरिद गर्न सकिने छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago